भोजपुर । संविधान दिवसको अवसरमा भोजपुरमा अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सो अवसरमा कर्मचारी मिलन केन्द्र भोजपुरले आयोजना गरेको कार्यक्रममा २० जनाले रक्तदान गर्नु भएको केन्द्रका सचिव प्रकाश खडकाले जानकारी दिनुभयो । जिल्ला अस्पताल र नेपाल रेडक्रम सोसाईटी रक्त संचार केन्द्र भोजपुरको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरबहादुर थापाले महत्वपूर्ण दिनमा सबैभन्दा उत्कृष्ट दान ‘रक्तदान’ भएको बताउनुभयो ।
यस्तै केन्द्रका अध्यक्ष तथा कोष नियन्त्रक बुद्धराम मल्ल आलेले रगतको अभावलाई स्वयंसेवी रक्तदाताहरूको सहयोग महत्वपूर्ण भएको बताउँदै यो कार्यक्रमले रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गरेको बताउनुभयो । कार्यक्रममा रक्तदान गर्ने रक्तदाता र प्राविधिक सहयोग गर्ने स्वास्थ्यकर्मीलाई आगामी असोज १६ गते शुभकामना आदान प्रदानका दिन प्रमाणपत्र बितरण गरिने छ ।
रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्लामा कार्यरत कर्मचारी, केन्द्रका पदाधिकारी, पत्रकार, स्वाथ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।
यता संविधान दिवसको अवसरमा जिल्ला समन्वय समिति भोजपुरको आयोजनामा बिहान प्रभातफेरी सहित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । सोक्रमका सहभागि अतिथी बत्ताले संविधानले दिएका हक अधिकारको रक्षा गर्दै आफ्नो कर्तव्य पनि भुल्न नहुनेमा जोड दिनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच