झापा । विद्यालय, पालिका र जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा निरन्तर प्रथम हुँदै आएकी दिव्या राय कोशी प्रदेशमा नै उत्कृष्ट बनेकी छन् ।
मेचीनगर नगरपालिकाको धुलाबारी मावि कक्षा १० मा अध्ययनरत रायले केशी प्रदेशका १४ मध्ये ११ जिल्लाका १२ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेर आफूलाई अब्बल सावित गरेकी हुन् ।
संविधान दिवस २०८१ को अवसरमा कोशी प्रदेश सरकारले विराटनगरमा सम्पन्न गरेको महिला अधिकारको सन्दर्भमा नेपालको संविधान विषयक खुला प्रतियोगितामा राय प्रथम बनेकी हुन् ।
दिव्याले २० हजार नगद, प्रमाणपत्र र विभिन्न उपहार प्राप्त गरेको धुलाबारी माविकी शिक्षक शिला खवासले जानकारी दिइन् ।
उत्कृष्टलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्कत कार्कीले पुरस्कर वितरण गरेका हुन् । प्रतियोगिता हिजो भएको र नतिजा घोषणा र पुरस्कर आज वितरण गरिएको दिव्यालाई लिएर विराटनगर गएकी शिक्षक खवासले बताइन् ।
प्रतियोगितामा मोरङकी कल्पना तिम्सिना दोस्रो र संखुवासभाकी सदीक्षा तामाङ तेस्रो भए । तिम्सिनाले नगद १५ हजार, तामाङले १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सो प्रतियोगितामा तीनजना सान्त्वना हुँदै जनही नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भएको शिक्षक खवासले जानकारी दिइन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच