भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा जारी अण्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटवल प्रतियोगिता अन्तर्गत बिहिवार भएका खेलबाट चार बिद्यालय सेमीफाइनल प्रवेश गरेका छन् ।
दोश्रो संस्करणमा बुधवारबाट सुरु भएको विद्यालय स्तरीय फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेलबाट सगरमाथा बोडिङ स्कुललाई पराजित गर्दै पञ्चकन्या मावि बोखिम, यशोधरा मावि टक्सारलाई जित्दै विद्योदय मावि भोजपुर, सिद्धेश्वर मावि दाँवालाई पराजित गर्दे षडानन्द मावि दिङला र सिंहदेवी मावि भामराङलाई पछि पार्दै सिद्धकाली बोडिङ स्कुलले सेमीफाइनलको यात्रा तय गरेको आयोजक बिहानी फुटबल क्लवका अध्यक्ष बिकल श्रेष्ठले जानकारी दिनुभयो ।
नकआउटका आधारमा १४ टिमको सहभागितामा जारी प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो सेमीफाइनल खेल पञ्चकन्या मावि बोखिम र बिद्योदय मावि भोजपुरका बिच हुने छ भने दोश्रो खेल षडानन्द मावि दिङला र सिद्धकाली बोडिङ स्कुलका बिचमा हुने आयोजक संस्थाले जनाएको छ ।
बिहानी फुटवल क्लव भोजपुरको आयोजना तथा जिल्ला फुटवल संघको संयोजनमा जारी प्रतियोगितामा बिजेता हुने टिमलाई नगद ४४ हजार चार सय ४४ र उपबिजेतालाई नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिता तर्फ बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ ।
सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा संचालन हुने प्रतियोगिता असोज २ गते देखि असोज ५ गतेसम्म हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच