प्योङयोङ । सर्वाधिक सफल टोली अमेरिकालाई १-० ले हराउँदै उत्तर कोरियाले फिफा यू-२० महिला विश्वकपको फाइनलमा स्थान बनाएको छ । उत्तर कोरिया चौथो पटक यो प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।
अब फाइनलमा उत्तर कोरियाले जापानसँग खेल्नेछ । बिहीबार बिहान भएको सेमिफाइनलको दोस्रो खेलमा जापानले नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै उत्तर कोरियासँगको भेट पक्का गरेको हो ।
कोलम्बियामा चलिरहेको विश्वकपको पहिलो सेमिफाइनलमा उत्तर कोरियालाई जित दिलाउन चोइ इ सनले गोल गर्नुभयो । समूह ‘एफ’ मा रहेको उत्तर कोरियाले तीनमध्ये तीनै खेल जित्दै समूह विजेता बनेको थियो । उसले नेदरल्याण्ड्स, अर्जेन्टिना र कोस्टारिकालाई पराजित गरेको थियो ।
अन्तिम १६ मा अस्ट्रियालाई ५-२, क्वाटरफाइनलमा ब्राजिललाई १–० ले नै पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जर्मनी र अमेरिकाले समान तीन पटक जितेका छन् । सन् २००२ बाट सुरु भएको प्रतियोगितामा उत्तर कोरिया सन् २००६ र सन् २०१६ को च्याम्पियन हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच