काठमाडौं । वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बिहीबार बागमती युवा क्लबविरुद्ध ४-० को फराकिलो जित निकालेको छ । जितसँगै ६ खेलमा १२ अंक जोडेको वालिङ चौथो स्थानमा उक्लिएको छ । पराजित बागमती समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा वालिङलाई जित दिलाउन सिसी एनटोंगो र ज्याकलिन नसालीले समान दुई गोल गर्नुभयो । खेलको २२औं मिनेटमा एनटोङ्गोको गोलमार्फत वालिङले अग्रता लिएको थियो । ४०औं मिनेटमा उहाँले टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
नसालीले ५४औं मिनेटमा गोल गर्दा वालिङ ३-० ले अगाडि बढ्यो । निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा नसालीले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई फराकिलो जित दिलाउनुभयो ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र