काठमाडौं । दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको अनुमानित लागत, समयावधिसहितको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले अझै पेश गरेको छैन ।
साउन अन्तिममा राखेपका सदस्य-सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिनभित्र एन्फाले परामर्शदाताको सुझावअनुसार कार्ययोजना पेश गर्ने सहमति भएको थियो । सहमतिअनुसार एन्फाले १५ दिनभित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरी फुटबल मैदानलाई स्तरोन्नति गर्न कार्ययोजना पेश गर्नुपर्ने थियो ।
छलफल भएको एक महिना बितिसक्दा पनि कार्ययोजना पेश नगरेको भन्दै राखेपले फेरि ध्यानाकर्षण गराउन पत्राचार गरेको छ । सात दिनभित्र लागत, आवश्यक पर्ने समयावधिसहितको कार्ययोजना पेश गर्न पुनः पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच