काठमाडौं । लघु चलचित्र ‘द स्कुल वाल’ले रुसको चलचित्र महोत्सवमा अवार्ड प्राप्त गरेको छ । ‘लाइट अफ द वल्र्ड’ नाराका साथ आयोजित रसियाको किनो फेष्टिभलमा सहभागी विभिन्न १२१ देशका तीन हजार ४९१ चलचित्रमध्येबाट ‘द स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म सो चलचित्र महोत्सवको आयोजना गरिएको थियो । फाइनल चरणमा अमेरिका, इन्डोनेसिया, भारत, ब्राजिल पनि सहभागी थिए । नेपालबाट ‘द स्कुल वाल’ पहिलो स्थानसँगै भारत दोस्रो र अमेरिकाले तेस्रो स्थान प्राप्त गरेको थियो ।
बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेष्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेष्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फष्ट टाइम फिल्म मेकर सेसन्समा छनोट भएको थियो ।
‘द स्कुल वाल’ काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेष्टिभलमा छनोट भएर राष्ट्रिय सभागृहमा प्रदर्शनसमेत भएको थियो । लघुचलचित्रमा श्लोक साहले मुख्य भूमिका निर्वाह गर्नुभएको छ भने अन्य कलाकारमा सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गीताश्री थापा, आयुषा गौतम, विदुरप्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेमराज कोइराला, उद्धव दंगाललगायतको अभिनय छ । यो चलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माण गर्नुभएको हो । ‘द स्कुल वाल’मा पर्खालको रूपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । चलचित्रमा दृश्य नारायण जिसी, सम्पादन तथा रंग संयोजन अनिलकुमार महर्जन र सहायक निर्देशन करन साउदको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच