काठमाडौं । भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बिक्रेता तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इण्डष्ट्रिज प्रालिले डिलर मिट आयोजना गरेको छ । धनुषाको ढल्केबरमा आयोजित डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता थियो । सो अवसरमा भिडोल इन्टरनेसनल युकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थिति उत्साहप्रद रहेको उल्लेख गर्दै कम्पनीको आगामी रणनीति र विश्व बजारमा भिडोललाई अझै उल्लेख्यरूपमा पुर्याउने कम्पनीको योजना रहेको बताउनुभयो ।
युनाइटेड लुब्रिकेन्ट इण्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्रकुमार मिश्रले भिडोललाई नेपाली ग्राहकबीच पुर्याउनमा डिलरको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै आगामी दिनमा समेत सदैव सहकार्यको अपेक्षा गर्नुभयो । युनाइटेड लुब्रिकेन्ट इण्डष्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले कम्पनीले उत्पादन गर्ने विभिन्न उत्पादन र भविष्यका योजनाबारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।
सो अवसरमा भिडोल इन्टरनेसनल युकेका डाइरेक्टर अरिजित वासुले भिडोल लुब्रिकेन्टको नेपालका लागि फ्रेन्चाइजी युनाइटेड लुब्रिकेन्ट इण्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्रकुमार मिश्रलाई हस्तान्तरण गर्नुभएको थियो । कम्पनीका अनुसार अब नेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन सुरु भएको छ । विश्वका १२ देशमा भिडोलको ब्राण्ड लाइसेन्सी उपलब्ध लाइसेन्स प्राप्त गर्ने नेपाल १२औँ देश बनेको छ । ती देशका १८ स्थानमा भिडोल लुब्रिकेन्ट ब्लेन्डिङ हुने गर्छ र ७५ भन्दा बढी देशमा यसको उपस्थिति छ ।
भिडोल लुब्रिकेन्ट उत्पादनका लागि धनुषाको मिथिला नगरपालिका ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इण्डष्ट्रिजले उद्योग स्थापना गरेको छ । एक लाख ७५ हजार आठ सय ७६ वर्गफिट क्षेत्रफलमा फैलिएको उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । मासिकरूपमा प्रतिसिफ्ट एक लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ । जहाँ ‘नेपाल गोल्ड’ लुब्रिकेन्टसमेत उत्पादन हुँदै आएको छ । बेस आयल र एडिटिभ्सको समिश्रण गरी लुब्रिकेन्ट बनाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच