नबिलका ग्राहकलाई र्‍याडिसनमा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्‍याडिसन होटलबीच सोसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नबिल बैंकका रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलका फुड एण्ड वेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुनेछ । ¥याडिसनसँगको सम्झौताले बैंकका ग्राहकले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *