ठमेल प्लाजा होटलले सेयर जारी गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटसले सेयर जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँका दरले १० लाख कित्ता सेयर जारी गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र ठमेल प्लाजा होटलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले हस्ताक्षर गर्नुभएको हो । ठमेल प्लाजा होटल काठमाडौं महानगरपालिका १६ स्थित ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवं सुविधासम्पन्न भवनमा ‘रमदा इन्कोर काठमाडौं ठमेल’ को नामबाट विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

९० कोठामार्फत् आन्तरिक तथा बाहृय पर्यटकलाई सेवा प्रदान गरिरहेको होटलले हङकङस्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एसिया प्यासिफिक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ । साथै रमदा इन्कोर काठमाडौं ठमेल नामक ट्रेडमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको छ । अमेरिकाको न्युजर्सी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स एण्ड रिसोर्टअन्तर्गत संसारभर नौ हजार एक सयभन्दा बढी होटल तथा रिसोर्टहरू सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *