काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले नेपालीहरूको महान् चाड विजयादशमीका अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन ल्याएको छ । हरेक महिनाको पहिलो हप्ता चल्ने फुडमाण्डु डबल धमाका क्याम्पेन बडा दशैँमा झनै ठूलो हुने कम्पनीले जनाएको छ । बडा धमाकाअन्तर्गत ग्राहकले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टका सबै आइटममा ५० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
कम्पनी ब्राण्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भन्नुभयो, ‘हाम्रा ग्राहकका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ । यसका लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारका साथै आकर्षक छुट उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।
यो बडा धमाकाले हाम्रा ग्राहककोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ ।’ बडा धमाका असोज २३ सम्म चल्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच