काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङबाट नेपाल भ्रमण भएको पाँच वर्ष पूरा भएको अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गरिएको छ । ‘नेपाल-चीन सम्बन्ध : विकास, अवसर र चुनौती’ नाम दिइएको उक्त कार्यक्रममा नेपालले मित्रराष्ट्र चीनको तीव्र विकासबाट पाठ सिक्नुपर्नेमा कुरामा वक्ताहरूले जोड दिएका थिए । कार्यक्रममा विश्लेषक डा.विक्रम तिमिल्सिनाले ‘बिआरआई’बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जुन कार्यपत्रमाथि पत्रकार ठाकुर बेल्वासेले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ्छेङले नेपालको विकास निर्माणमा चीनले गरिरहेको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्न चिनियाँ सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । उहाँले ‘बेल्ट एण्ड रोड’ पहलको ढाँचामा नेपाल चीनको महत्वपूर्ण छिमेकी भएको बताउनुभयो ।
राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाल र चीनबीच व्यापार एवं आवतजावतका लागि खुलेका १४ नाकाबाट तिब्बत क्षेत्रमा आवश्यक उत्पादन पठाउने व्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले चीन र भारत दुवै देशबाट फाइदा लिनसक्ने बताउनुभयो । उहाँले राष्ट्रपति सी जिन पिङको भ्रमणले दुई देशबीचको सम्बन्धको विकासमा नयाँ गति दिएको र गहिरो आर्थिक, सांस्कृतिक र जनताबीचको आदानप्रदानलाई प्रवद्र्धनन गरेको औंल्याउनुभयो ।
पूर्वमन्त्री एवं नेकपा (एमाले) का नेता आनन्द पोखरेलले नेपाल चीनबीच भएका सम्झौता कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चीनले विकास निर्माणका क्षेत्रमा गरेको बहुआयामिकताबाट नेपालले सिकेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ध्रुवबहादुर प्रधानले चीनको विकासको गति हेरेर नेपाल अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा आयोजक समितिका अध्यक्ष शोभित उप्रेतीले चीन विकास निर्माणमा अघि बढेकाले नेपालले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका करिब दुई सयजना सहभागी रहेको आयोजकले जनाएका छन् ।
आयोजकका अनुसार यो कार्यक्रम दुई देशबीच विगत पाँच वर्षमा भएको मैत्रीपूर्ण सहयोगको समीक्षा र सारांशमात्र नभई यसले दुई देशको साझा विकासलाई प्रवद्र्धन गर्न र साझा भविष्यसहितको समुदायको निर्माणको लागि राम्रो जग खडा गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच