मंगलबारको अंकबाट क्रमशः
(च) पार्टीभित्रको सहमतिविपरीत प्रधानमन्त्री कोइरालाले महेश आचार्यलाई अर्थ राज्यमन्त्री र डा.रामशरण महतलाई योजना आयोगको उपाध्यक्ष नियुक्त । जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले प्रजातन्त्र सबै जातजातिको भएको अनुभव गराउनुपर्ने सुझाव दिइरहनुभयो । तर कोइरालाले राजदूतहरूको नियुक्ति एकपक्षीय गर्नुभयो । यसबाट नेपाली कांग्रेसमा गम्भीर विवाद ।
(छ) भूमण्डलीकरण र उदारीकरणलाई नेपाली अर्थतन्त्रको मूल्यांकनको आधार बनाउने क्रममा कतिपय उद्योगहरू निजी क्षेत्रलाई बेच्ने काम भयो । समाजवादी अर्थतन्त्रको आधारमा सहकारी वा सामुदायिक क्षेत्रको जिम्मा दिनुको बदला निजी क्षेत्रलाई बिक्री गर्दा पार्टीको सिद्धान्तविपरीत मानियो भने प्रतिपक्षले राजनीतिको अर्को मुद्दा थप्ने अवसर पायो ।
(ज) कोइराला समूह सिद्धान्तविरुद्ध शक्ति भन्नेमा थियो । अर्थात् जसरी पनि शक्ति आफैंमा केन्द्रित गर्ने । ०४८ पुस १४ गते मन्त्रिमण्डलबाट सिंह-भट्टराई निकट ६ जना मन्त्रीहरूलाई अकसमात बर्खास्त । कांग्रेसभित्र कलहको अर्को वीजारोपण ।
भट्टराई पराजयको पीडा र कोइरालाको शक्तिमादविरुद्ध २०५१ असारमा नेपाली कांग्रेसका ३६ जना सांसदहरू उठे । उनीहरू कोइराला सरकारले ल्याएको नीति तथा कार्यक्रमको मतदानमा सहभागी भएनन् र सरकार अल्पमतमा पर्यो । यो निर्णय कोइराला कर्मको प्रतिक्रियात्मक भए पनि गलत थियो । असहिष्णु कोइराला अल्पमतमा रहेपछि राजीनामा दिएर विकल्प खोज्नुभन्दा प्रतिनिधिसभा विघटनतर्फ लाग्नुभयो ।
(झ) भण्डारीको निधनबाट रिक्त स्थान काठमाडौं-१ मा पुनः कृष्णप्रसाद भट्टराईको उम्मेदवारी, जसको औचित्य पुष्टि गर्ने कुनै तर्क थिएन । तर पनि कांग्रेसका सभापति निर्वाचनमा उम्मेदवार भएको अवस्थामा पार्टी पंक्ति एक हुनुपर्ने । तर प्रधानमन्त्री कोइराला पक्षले मन्त्रीमण्डलका अनेक सदस्यहरू, नेपाल विद्यार्थी संघका केही तत्कालीन पदाधिकारीहरू र पुराना नयाँ अनेक कांग्रेसहरूलाई शक्ति र पैसासहित भट्टराई हराउन परिचालित गर्यो । यसमा एमालेका नेताहरूसँग समेत उनीहरूको अनेक बैठक र सहमतिहरू भएका थिए ।
अन्तिममा कोइरालाले १७ मिनेट लामो वक्तव्य जारी गर्दै आफूले भट्टराईलाई समर्थन र सहयोग नगर्ने घोषणा गर्नुभयो अन्ततः भट्टराई हार्नुभयो । लोकतान्त्रिक निर्वाचनमा यो घटनाले अन्तर्घात, घात, अराजकता, अनुशासनहीनतालाई औपचारिक रूपमा नै स्थापित ग¥यो । अपसंस्कृतिको अभ्यास थियो त्यो । सभापति भट्टराईले त्यो वक्तव्यका आधारमा कोइरालालाई तत्काल पार्टीबाट कारबाही गर्नुपर्ने थियो । तर सहनशील र सन्त मनोवृत्तिका भट्टराई शान्त रहनुभयो ।
(ञ) भट्टराई पराजयको पीडा र कोइरालाको शक्तिमादविरुद्ध २०५१ असारमा नेपाली कांग्रेसका ३६ जना सांसदहरू उठे । उनीहरू कोइराला सरकारले ल्याएको नीति तथा कार्यक्रमको मतदानमा सहभागी भएनन् र सरकार अल्पमतमा प¥यो । यो निर्णय कोइराला कर्मको प्रतिक्रियात्मक भए पनि गलत थियो । असहिष्णु कोइराला अल्पमतमा रहेपछि राजीनामा दिएर विकल्प खोज्नुभन्दा प्रतिनिधिसभा विघटनतर्फ लाग्नुभयो । यसबेला ३६ सदस्यलाई कि पार्टीले कारबाही गर्नुपर्ने थियो कि कोइरालालाई पार्टीबाट हटाउनुपर्ने थियो । उल्टै कोइराला समूहले साउन १२ गते प्रज्ञा प्रतिष्ठानमा भेला बोलायो, नयाँ विधानसहित कोइराला पक्ष पार्टी फुटाउन तयार थियो । तर कृष्णप्रसाद भट्टराई शिवजीले समुद्र मन्थनको विष पिएजस्तो गरी अनेक अपमानका पर्रा सुनेर बैठकमा सहभागी हुनुभयो । तर पार्टी विभाजन हुन दिनुभएन ।
(च) कोइरालाले संसद् विघटन गर्दै यो पंक्तिकारसहितले अत्यन्त लोकप्रिय रूपमा सञ्चालन गरेको रेडियो नेपालको कार्यक्रम घटना र विचारबाट हामीलाई हटाउने निर्णयबाहेक अरू केही नगरी निर्वाचन भयो र कांग्रेस दोस्रो दल बन्यो । राजनीतिमा गठबन्धन, सांसद खरिद बिक्री, प्राडो-पजेरो सुविधा संस्कृति र आर्थिक भ्रष्टाचारको अर्को शृंखला प्रारम्भ भयो ।
(छ) पहिलो स्थानको एमालेले राप्रपासँग गठबन्धन गरे पनि त्यो नौ महिनाभन्दा बढी टिकेन । मनमोहन अधिकारी जस्ता परिपक्व नेताको नेतृत्व रहेको त्यो सरकार किन हटाउनुपरेको थियो कांग्रेस र राप्रपालाई आजसम्म स्पष्ट छैन । यसमा सर्वोच्च अदालतले दिएको निर्णयलाई एमालेले सधैं विवादास्पद मानिरहेको छ ।
०५४ वैशाखमा स्थानीय निर्वाचन हुँदै थियो । यो निर्वाचन नेपालको इतिहासमा सबैभन्दा अलोकतान्त्रिक चरित्रको अभिलेखबद्ध छ । गठबन्धन सरकारका गृहमन्त्री बामदेव गौतमको असली निरंकुशतावादी सोच कार्यान्वयन भएको थियो । उनले कांग्रेसलाई जित्न नदिन साम, दाम, दण्ड, भेद र माओवादी हतियारको समेत सहयोग लिएका थिए । कांग्रेसका निम्ति कोइराला रणनीतिले अर्को घात गरेको मानिन्छ । यो घातको परिणाम पहिले लोकेन्द्रबहादुर चन्द र त्यसपछि सूर्यबहादुर थापा जस्ता निर्दलीय पञ्चहरू सत्ताको वेसासनमा बस्न पुगे । जुन लज्जास्पद घटना थियो ।
(ज) एमालेले उत्साहका साथ टनकपुर विवाद टुंग्याउने नाममा एकीकृत महाकाली सन्धि गर्नपुग्यो, भारतसँग । यसबाट कति फाइदा हुन्छ अहिलेसम्म स्पष्ट भएको छैन । तर यो सन्धि अनुमोदन गर्ने समय एमाले विभाजित भयो । एमालेको विभाजनले सशस्त्र हिंसामा सक्रिय माओवादीलाई थप बल पुग्यो । एमाले र मालेबाट धेरै कार्यकर्ताहरू माओवादीसँगै हतियार बोक्न पुगे ।
(झ) एमालेको सत्ता विस्थापनलगत्तै नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारले १८ महिना नपुग्दै विश्वासको मत लिनुपर्ने समय २०५३ चैतमा सभापति कोइरालाले आफू प्रधानमन्त्री बन्ने सोच र विश्वासका साथ अत्यन्त गैरराजनीतिक व्यवहार देखाउँदै पार्टीका दुईजना सांसदहरू-चक्रबहादुर शाही (हुम्ला) र दीपकजंग शाह (जाजरकोट)लाई अनुपस्थित गराउनुभयो । देउवा सरकार ढल्यो र एमालेको समर्थनमा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुभयो । जब कि ०५४ वैशाखमा स्थानीय निर्वाचन हुँदै थियो । यो निर्वाचन नेपालको इतिहासमा सबैभन्दा अलोकतान्त्रिक चरित्रको अभिलेखबद्ध छ । गठबन्धन सरकारका गृहमन्त्री बामदेव गौतमको असली निरंकुशतावादी सोच कार्यान्वयन भएको थियो । उनले कांग्रेसलाई जित्न नदिन साम, दाम, दण्ड, भेद र माओवादी हतियारको समेत सहयोग लिएका थिए । कांग्रेसका निम्ति कोइराला रणनीतिले अर्को घात गरेको मानिन्छ । यो घातको परिणाम पहिले लोकेन्द्रबहादुर चन्द र त्यसपछि सूर्यबहादुर थापा जस्ता निर्दलीय पञ्चहरू सत्ताको वेसासनमा बस्न पुगे । जुन लज्जास्पद घटना थियो । एमाले विभाजनपछि पहिले कांग्रेसले कोइराला नेतृत्वमा मालेलाई सहभागी गरायो तर लगत्तै एमालेसँग सहकार्य सुरु गर्यो र आमनिर्वाचन भयो । यसमा कांग्रेसको बहुमत आयो ।
(ञ) २०५६ को आमचुनावमा बारा-१ बाट निर्वाचित कृष्णप्रसाद भट्टराईको सरकारलाई एक वर्ष नपुग्दै कोइराला समूहले अनेक कलछलबल गरी अन्ततः राजीनामा दिन बाध्य बनायो र कोइराला प्रधानमन्त्री हुनुभयो । यो अर्को गैरराजनीतिक अपराध थियो ।
तर ०५८ जेठ १९ मा राजा वीरेन्द्रको समूल विनाश भएपछि राजनीतिले अकस्मात् अर्को आयाम लिन थाल्यो । राजा ज्ञानेन्द्र सत्तामा आए । एमालेले ५७ दिनसम्म संसद् अवरुद्ध गर्यो र कोइरालाले राजीनामा गरी देउवा दोस्रो पटक प्रधानमन्त्री बने । तर संकटकालको समय थप गर्ने मौखिक सहमतिविपरीत सभापति कोइरालाले देउवालाई दबाब दिनुभयो, देउवा संकटकाल लगाउने तयारीमा हुनुहुन्थ्यो । दरबार खेल्दै थियो, माओवादी सक्रिय थियो । यसै मेसोमा कोइरालाले देउवालाई अनुशासनको कारबाही गर्ने निर्णय गर्नुभयो र देउवाले संसद् विघटनको सिफारिश गर्नुभयो । नेपाली कांग्रेस विभाजित भयो- प्रजातन्त्र कांग्रेस र नेपाली कांग्रेसमा । यो अर्को दुर्भाग्यपूर्ण थियो । देउवाले पार्टीलाई सहमत नगराई संकटकाल थप्न खोज्नु जति घातक थियो त्यति नै विवाद हुनासाथ प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने थियो । उहाँले निर्वाचन गर्न असम्भव जस्तै परिस्थितिको गलत मूल्यांकन गरी प्रतिनिधिसभा विघटन गराउनुभयो । जुन अत्यन्त गलत थियो ।
(ट) राजा ज्ञानेन्द्रमा अत्यन्त ठूलो भ्रम सुरु भयो । उनले २०६० असोजमा पहिलो पटक र ०६१ मा दोस्रोपटक माओवादी हिंसाको दृष्टान्त दिँदै सत्ता आफ्ना हातमा लिने, ०१७ पुसमा महेन्द्रले गरेजस्तो नक्कल गर्ने, उत्तरतिर खुशी पारेर दक्षिणतिर सौदाबाजी गर्ने, देशभित्र संवैधानिक राजतन्त्रवादीहरूलाई जेल हालेर गणतन्त्रको नारा लगाइरहेको माओवादीसँग हात मिलाउन प्रयास गर्ने जस्ता बच्चाले पनि बुझ्न सक्ने खेल गर्न लागे । उनले माओवादी सुप्रिमो प्रचण्डको आवाजको क्यासेट सैनिक संयन्त्रमार्फत जारी गराए । त्यसमा डा.बाबुराम भट्टराई भारतीय रहेको संकेतसहित भारतको समर्थनमा हिंसा चलेको देखाउने प्रयत्न भएको थियो । यसपछि अवसरको खोजीमा रहेको भारत र युरोपको एक वर्ग पनि सक्रिय देखियो र अन्ततः २०६२ साल मंसिर ७ गते सात दल र माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति भयो । बडो विचित्र छन् : नेपालको राजनीतिका गल्तीहरू । जुन राजनीतिक अस्थिरताका मूल कारणहरू बनिरहेका छन् । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच