इलाम । कुरा २०८१ असोज ४ गते शुक्रबारको हो । यातायात ब्यबस्था सेवा कार्यालय इलाममा मोटरसाइकलको चालक अनुमति पत्र (लाईसन्स)को ट्रायल परिक्षा थियो । कार्यालय परिसर वरपर परिक्षा दिनेको भिड नै लागेको थियो । सोही क्रममा ट्रायल परिक्षा चलिरहेको थियो ।
कोही परीक्षा पास गरेर एक अर्कामा खुसी साटासाट गरिरहेका थिए त कोही फेल भएर फेरी अर्को पटकका थप मेहेनत गरेर आउने खबर साटासाट गर्दै आफनो गन्तब्य तय गर्दै थिए । परिक्षा स्थलको त्यही भिडमा थिए एक पात्र जो उमेरले ७३ बर्ष पुगेका दुर्गाप्रसाद घिमिरे पनि ट्रायल परिक्षा दिन आफ्नो पालो पर्खदै हुनुहुन्थ्यो ।
केही दिन अघि मात्र इलामस्थित इलामेली अटोमोबाइल ट्रायल सेन्टरमा मोटरसाइकल सिक्न आउँदा उहाँको तस्बिर सामाजिक संजालमा भाइरल नै बनेको थियो । त्यसैले पनि उहाँ ट्रायलको दिन समेत सबैको नजरमा परिरहेको हुनुहुन्थ्यो ।
पाको शरिर भएपनि दृढ इच्छा शक्ति बोकेर लाइसेन्स लिएरै मात्र घर फकिर्ने संकल्प गरेर घरबाट निस्कििनुभएका ७३ बर्षिय दुर्गाप्रसाद घिमिरेले मोटरसाइकलकोे चालक अनुमति पत्र (लाईसन्स) लिन सफल हुनुभएको छ । ताप्लेजुङ जिल्ला फुङ्लिङ नगरपालिका वडा नं ८ मा घर रहेको घिमिरेले लिखिति र प्रयोगात्मक (ट्रायल) परीक्षा उत्तिर्ण गरेर चालक अनुमति पत्र (लाईसन्स) लिन सफल हुनुभएको यातायात ब्यबस्था सेवा कार्यालय इलामका प्रमुख खग्रेन्द्र प्रसाद मैनालीले बताउनुभयो । मैनालीले भन्नुभयो,“शरिर बुढो भएर केही हुन्न इच्छा शक्ति भयो भने सफल बन्न केहीले छैक्दैन त्यसैको उदाहरण बन्नुभएको छ दुर्गा प्रसाद घिमिरे ।” मैनालीले लाईसन्स लिन सफल हुनुभएको प्रमाण हस्तारतरण गर्दै घिमिरेलाई बधाई समेत दिनुभयो ।
यता २०६० सालमा मोटरसाइकल सिकेर कुदाउन थालेपनि अहिले सम्म लाईसेन्स भने नभएको बताउने दुर्गा प्रसाद घिमिरे लिखिति र प्रयोगात्मक परिक्षा पास भएछि खुसी हुनुभएको छ । घिमिरेले भन्नुभयो ,”“ लामो प्रयास पछि जिवनको एक महत्वपुर्ण सफलता हात पार्न सफल भए त्यो नै मेरो लागि ठुलो कुरा हो । इलाममा यातायात कार्यालय स्थापना भएर लाईसेन्स बितरण सुरुभए पछि मात्र मलाई थाहा भयो ६० बर्ष माथिकाले पनि लाईसेन्स लिन पाईन्छ भन्ने कुरा त्यसपछि फारम भरे परिक्षा दिए आज पास पनि भए । नत्र गाँउघरमा ६० बर्ष माथि लाइसेन्स लिन पाइदैन भन्ने हल्लाकै भरमा बसिरहेको थिए तर त्यसो होइन रहेछ भन्ने थाहा पाएपछि इलाम आएको हुँ ।
उहाँले भन्नुभयो, “लाईसेन्स बेगर चलाउदा धेरै पटक समस्या भोगेको छु, गाउँमा मोटरसाइकल चलाउँदा समस्या भोगेकै कारण दृढ इच्छाशतिm लिएरै लाइसेन्सको ट्रायल दिएको हुँ, पास भएँ, २०६० सालमा मोटरसाइको हेन्डिल समाएको थिए ८१ सालमा लाईसेन्स पाए मोटरसाइकल हाकेर जता पनि पुग्न सक्छु तर साइकल भने कुदाउन आउँदैन ।”
२० बर्षसम्म सरकारी सेवामा काम गर्नुभएका घिमिरे इलाममा परीक्षा दिन आउँदा नातिलाई साथमा लिएर आउनुभएको थियो । गाबिस सचिवका रुपमा काम गरेर अवकास प्राप्त घिमिरे लाईसेन्स प्राप्त गरेपछि खुसी हुँदै शुक्रबार नै घर फकिनुभएको छ ।
तस्बिर : चालक अनुमति पत्र (लाईसन्स)को ट्रायल परिक्षा पास भएको प्रमाण हस्तान्तरण गर्नुहुदै कार्यालय प्रमुख खगेन्द्र मैनाली र लिनुहुँदै दुर्गा प्रसाद घिमिरे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच