भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा जारी अण्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको सेमीफाइनल खेलबाट बोखिम र दिङला फाइनल प्रवेश गरेका छन् ।
दोश्रो संस्करणकोरुपमा असोज दुई गतेबाट सुरु विद्यालय स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल खेलबाट निर्धारित समयमा बरावर एक गोल भएपछि विद्योदय माविलाई पेनाल्टी सुटमा पराजित गर्दै पञ्चकन्या मावि बोखिमले फाइनल यात्रा तय गरेको हो । यस्तै दोश्रो सेमीफाइनल खेलमा सिद्धकाली बोडिङ स्कुललाई हराउँदै षडानन्द मावि दिङला फाइनल प्रवेश गरेको आयोजक बिहानी फुटवल क्लवका अध्यक्ष बिकल श्रेष्ठले जानकारी दिनुभयो ।
नकआउटका आधारमा १४ टिमको सहभागितामा जारी प्रतियोगिता अन्तर्गत शनिवार बोखिम र दिङला बिचमा फाइनल खेल हुने आयोजक संस्थाले जनाएको छ ।
बिहानी फुटवल क्लव भोजपुरको आयोजना तथा जिल्ला फुटवल संघको संयोजनमा जारी प्रतियोगितामा बिजेता हुने टिमलाई नगद ४४ हजार चार सय ४४ र उपबिजेतालाई नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिता तर्फ बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ ।
सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा संचालन भएको प्रतियोगिता असोज ५ गते सकिने छ ।