
महाभारतको युद्धले पाण्डव पक्षका चार भाइ र द्रौपदी खुशी थिए । सत्ताका लागि युद्ध भएको थियो । सत्तालाई र भोगलाई जीवनको लक्ष्य सम्झने मानिस वा राजनीतिकर्मीका लागि सबैभन्दा महत्वको विषय त्यही सत्ता हुनेगरेको देखिन्छ । सत्तालाई विकास, विचार, जनताको उन्नति र प्रगति ठान्ने व्यक्तिका लागि सत्ता आफैंमा धर्म हो । सेवा हो । उपकार हो । केही गरेर देखाऊँ भन्ने हुट्हुटी हो । त्यही हुट्हुटीमा रमेको हुन्छ असल शासक पनि । यही हो सत्ता र त्यसले निर्वाह गरेको भूमिका पनि । सत्ताको सही सदुपयोग नै देशको विकास हो भन्ने तथ्यलाई आजको राजनीतिले बाहिर ल्याउन जरुरी देखिएको छ ।
सत्ताका लागि महाभारत भयो । त्यही सत्ताका लागि सबै भिडे । सत्ता प्राप्त पनि भयो । युधिष्ठिरले उक्त सत्ताको स्वाद र सत्तारोहणलाई कहिल्यै पनि उचित ठानेनन् । उनले सत्ता व्यक्तिगत जीवनमा आउने पाप तथा मानिसको धर्मप्रतिको वितृष्णाका रूपमा लिए ।
सत्ताका लागि महाभारत भयो । त्यही सत्ताका लागि सबै भिडे । सत्ता प्राप्त पनि भयो । युधिष्ठिरले उक्त सत्ताको स्वाद र सत्तारोहणलाई कहिल्यै पनि उचित ठानेनन् । उनले सत्ता व्यक्तिगत जीवनमा आउने पाप तथा मानिसको धर्मप्रतिको वितृष्णाका रूपमा लिए । सत्ताको स्वाद चाख्न नपाउँदै जीवनको मार्गमा सत्तास्वादलाई अस्वीकार गरेका युधिष्ठिरलाई ऋषिवर देवस्थानले धर्मको उपदेश दिएका छन् । सत्ता आफैंमा गतिलो होइन तर सत्ताको सही सदुपयोगमा धर्मलाई राखियो भने कहिल्यै पनि सत्ताको स्वाद बेस्वादिलो हुँदैन । सत्ताको स्वादले हामीलाई धर्ममा आचरण गर्न सिकाउँछ भनेका छन् । यो उपदेश शासकलाई ऋषिहरूले दिने गरेका छन् हाम्रा धर्मशास्त्रहरूमा ।
धर्मप्रमुख
देवस्थान ऋषिले युधिष्ठिरमा आएको सत्ताप्रतिको वितृष्णालाई मेटाएका छन् । उनले भनेका छन् यदि सत्ताको स्वादलाई जीवनको महत्व सम्झेर गतिशील हुने हो भने भोग हुने सम्भावना देखिन्छ । तिमीले आफ्नो परिश्रम र क्षमताले राज्य जित्यौ । जितेको राज्यमा स्थिरता ल्याउनका लागि यज्ञ र धर्म नै प्रमुख रहेको तथ्यलाई उद्घाटन गर्दै मुनि भन्छन्
तस्मात् पार्थ महायज्ञैर्यजस्व बहुदक्षिणैः
स्वाध्याययज्ञाऋषयो ज्ञानयज्ञास्तथापरे ।।
हे कुन्तिपुत्र ! तिमीले शासनलाई र शासन व्यवस्थाको अवास्थालाई जीवन्त बनाउनका लागि धेरै दक्षिणा दिने यज्ञको आयोजना गर । स्वाध्याय यज्ञ र ज्ञान यज्ञका प्रमुख नै ऋषिहरू हुन् । यिनकै माध्यमबाट सत्तासीन राजाहरूले जनताको सेवा गर्ने गरेको देखिन्छ । ऋषिहरूका माध्यमबाट पाएको पुण्यका कारण शासकीय पद्दति गतिलो तरिकाले जाने सन्दर्भलाई समेत यहाँ उल्लेख गरिएको छ । ऋषिको वाणिमा देखिएको यो पद्धतिले भनेको छ
तपसामहदानाप्नोति बुद्धया वै विन्दते महत्
त्यागेन सुखमाप्नोति सदा कौन्तेय तत्त्ववित् ।
कतिपय मानिसले तत्वका मध्यमबाट आफूलाई समर्पित गरेका हुन्छन् भने कतिपयले कसैले ज्ञानतत्वका माध्यमबाट परमतत्वलाई पाएका हुन्छन् । तर, कसैले स्वार्थ त्यागका माध्यमबाट सधैं सुखको अनुभव गरिरहेका हुन्छन् । शासनको शासकीय व्यवस्थालाई गतिशील बनाउन चाहिने आधार धर्मलाई मानिएको छ । धर्मका माध्यमबाट नै शासनको व्यवस्थापकीय पक्ष गतिशील हुने तर्कलाई उनले राखेका छन् । शासनमात्र जीवनको उपलब्धि मान्ने तर्कलाई ऋषि देवस्थानले अस्वीकार गरेका छन् । युधिष्ठिरलाई सत्ताप्रतिको स्वाद पटक्कै थिएन । महाभारत सत्ताका लागि नै भएको थियो ।
आफन्तको लासबाट पाएको सत्तालाई युधिष्ठिरले कहिल्यै पनि भोगको व्यवस्थापकीय पक्ष स्वीकार गरेका थिएनन् । उनलाई धर्मयुद्धबाट पाएको शासनलाई सदा स्वीकार गर्ने तर्क दिए । उनले गरेको शासनलाई सम्झाउने सन्दर्भमा विभिन्न प्रकारका ऋषिहरूमध्ये देवस्थानको भूमिकालाई पनि महत्वपूर्ण मानिएको छ । ऋषि देवस्थान सत्ताको स्वीकारलाई धर्म र यज्ञको मूलआधार मानेका छन् । धर्मबाट चलेको सत्ताले देश जनताको हितगर्ने तर्कलाई बाहिर ल्याइएको भावलाई यहाँ उल्लेख गरेको देखिन्छ । धन सबै होइन धनसित आउने अधर्मले दिने पाप नै सबैभन्दा महत्वको मानिएको छ । धनलाई सबै ठान्ने प्रवृत्ति सत्तासीन व्यक्तिमा देखियो भने राज्यको व्यवस्थापकीय पक्ष कमजोर हुने तर्कलाई यहाँ बाहिर ल्याइएको छ ।
इहेत धनहेतोर्यस्तस्यानीहा गरीयसी
भूयान् दोषो हि बर्धेत यस्तं धनमुपाश्रयेत् ।।
शासकले धनका लागि विशेष चेष्टा गरेको हुन्छ । जसले धनको उपासनाका माध्यमबाट आफूलाई सबैभन्दा महŒवको ठानेको हुन्छ त्यसबाट महान् दोषहरूको वृद्धि स्वतः हुने गरेको हुन्छ । त्यसैले शासनमा बसेको वा रहेको व्यक्तिधनका पछि लागेर आफूलाई जीवन्त बनाउने उद्देश्यले गतिशील हुनुहुँदैन । सत्तालाई धर्मका माध्यमबाट आर्जन गर्नुपर्दछ । पापका माध्यमबाट आएको सत्ताले सत्तासीन व्यक्तिलाई अधोगतितिर लैजाने तर्कलाई यहाँ बाहिर ल्याइएको छ ।
हाम्रालाई धन प्यारो
महाभारत कालीन शासन व्यवस्थामा सत्तासीन व्यक्तिलाई ऋषि, महर्षि तथा मन्त्री, गुरु आदिले विचलित हुने दिएका थिएनन् । शासन गतिलो तरिकाले चलाएर आफू र आफ्नोमात्र होइन देशको हितलाई आधार मानिएको हुन्थ्यो । सोही आधारमा देखिएको मूलमान्यतालाई महाभारतको शासकीय कार्यव्यापारले बाहिर ल्याएको छ । आजको अवस्था त्यो रहेन । आजको सत्तासीन व्यक्ति र उसका नातागोता तथा आफन्तले धनलाई नै प्राथमिकतामा राखेर आफ्नाले गरेको शासनको मोज लुटिरहेका छन् । त्यही आधारमा शासकीय कार्यव्यापारको अवस्थाले गति लिएको हुन्छ आजको संसारमा ।
आजको शासन व्यवस्था त्यो किसिमको छैन । आजका शासन गर्ने व्यक्ति पनि युधिष्ठिर जस्ता छैनन् । आजको शासन आफू र आफ्नाका लागि मात्र हुन लागिसक्यो । शासनमा बसेका सबै कमाउ धन्दामा लागेको देखियो । कमाएर आफू र आफ्नालाई रुचाउने यिनीहरूको प्रवृत्तिका कारण आजको नेपाली लाजमर्दो अवस्थामा पुगेको देखिन्छ । व्यवस्थाका हरेक अंग वा क्षेत्रमा गरिएको राजनीतिक हस्तक्षेपले नेपालको शासकीय पद्धतिमात्र होइन व्यवस्थापकीय पद्धतिप्रति प्रश्नचिहृन खडा भएको छ ।
आजका सञ्चारमाध्यमले नेपालको राजनीतिमा भ्रष्टाचारले जरो गाडेर बसेको तर्कलाई बाहिर ल्याउन खोजेका छन् । राजनीति स्वस्थ हुनुपर्ने हो । अस्वस्थ राजनीतिका माध्यमबाट बाहिर आएको व्यवस्थापकीय पक्षले जहिले पनि राजनीतिको डरलाग्दो परिवेशलाई बाहिर ल्याएको देखियो । नेपालका सञ्चारमाध्यम वा सञ्चारगृहहरू स्वतन्त्र रूपमा देखिएनन् ।
नेपालको विकासका लागि आएको विदेशी अनुदान वा ऋणलाई समेत खान पल्केका नेपालका नेताहरूलाई नेपाली जनताले बहिष्कार गर्न सक्ने आधार तयार भएको देखिँदैछ । शासनमा आएको परिवर्तन र त्यसले नेपालीमा ल्याएको आशालाई आजको राजनीतिक व्यवस्थाले कमजोर बनाएको देखिन्छ । व्यवस्था आफैंमा कमजोर होइन र हुँदैन पनि । व्यवस्था त अमूर्त हो । उक्त व्यवस्थालाई सञ्चालन गर्ने व्यक्ति मूर्त हो । मूर्तले अमूर्तलाई कसरी सञ्चालन गरेको छ भन्ने आधार नै आजको आवश्यकता हो ।
नेपालमा सञ्चालित शासन व्यवस्था आफैंमा गतिलो हो । यो व्यवस्थाका विरुद्ध आजको नेपाली जान पनि सक्दैन । यो व्यवस्थालाई स्वयं नेपालीले आन्दोलन गरेर ल्याएका पनि हुन् । यो व्यवस्थाका विरुद्ध हरुआएका आवाज आफैं कमजोर बनेका छन् । यो व्यवस्था र सञ्चालक राजनीतिक दलका विरुद्ध आवाजलाई बाहिर ल्याउने व्यक्तिसमेत गरिबले मिहेनत गरेर जम्मा गरेको पैसामा रमाएको देखिएपछि आजको व्यवस्था र सञ्चालकलाई चुनौती दिने अवस्था देखिएको छैन ।
आजका सञ्चारमाध्यमले नेपालको राजनीतिमा भ्रष्टाचारले जरो गाडेर बसेको तर्कलाई बाहिर ल्याउन खोजेका छन् । राजनीति स्वस्थ हुनुपर्ने हो । अस्वस्थ राजनीतिका माध्यमबाट बाहिर आएको व्यवस्थापकीय पक्षले जहिले पनि राजनीतिको डरलाग्दो परिवेशलाई बाहिर ल्याएको देखियो । नेपालका सञ्चारमाध्यम वा सञ्चारगृहहरू स्वतन्त्र रूपमा देखिएनन् । देशमा भएको विकास र त्यो विकासले नेपालीमा जगाएको आशाको अवस्थालाई बाहिर ल्याउन आवश्यक थियो त्यो हुनसकेको छैन । नेपालका सञ्चारगृहमा भएको लगानी पनि राजनीतिक पार्टी र पार्टीका समर्थकबाट हुनुले यो व्यवस्थाका विरुद्धमा प्रचारबाजी भएको देखियो । राजनीतिमा देखिएको यो अस्वस्थता र सञ्चारमाध्यममा देखिएको नकारात्मक टिप्पणीका कारण आजको परिस्थिति सिर्जना भएको आधारलाई बाहिर ल्याउन सकिन्छ ।
देशमा विकास नभएको होइन । देशमा सञ्चार, स्वास्थ्य, शिक्षा तथा यातायातमा ठूलो परिवर्तन आएको देखिन्छ । यो परिवर्तनले देशको आवश्यकतालाई मात्र होइन नेपालीको भावनालाई समेत बाहिर ल्याएको छ । आजका सत्तासीन व्यक्तिमा धनप्रति देखिएको मोह र धर्मप्रतिको वितृष्णाले आजको नेपाल कमजोर बनेको पक्कै पनि हो । दिनदिनै नेपाललाई छोडेर विदेशिने नेपाली र उनीहरूको उतै हुने बसाइले नेपालको आर्थिक सामाजिक मान्यतामा विचलन पक्कै आएको छ । नेपाली बाहिरिन्छ मात्र होइन । ऊ बाहिरिने सन्दर्भमा उसभित्रको क्षमता, शक्ति, धन तथा उसको विद्यासमेत बाहिरिनुले नेपालको सबै पक्ष कमजोर भएको देखियो । केही दिनपूर्व सञ्चारबाट पाएको जानकारी अनुसार बेलायमा २५ वर्षदेखि ४५ वर्षका युवायुवती बेराजगारी भत्ताबाट जीवनयापन गरिरहेका देखिए भने बेलायत बाहिरका मानिसहरूलाई बेलायतले काम लगाउनुपर्ने आवश्यकता देखियो ।
आजको नेपालको युवा पुस्ता केही गरेर देखाउन चाहन्छ । नेपालको विकास र उन्नतिका लागि समर्पित हुन पनि चाहेको छ । आजको नेपाली देशमा नै रहेर आफूलाई समर्पण गर्न खोजेको छ । त्यो वातावरण दिने जिम्मा नेपालका राजनीतिक दलको हो ? आमनेपालीको होइन । यो सबै व्यवस्थापकीय जिम्मेवारीलाई बाहिर ल्याउन सक्रिय हुनु अनिवार्य मानिएको छ । नेपालको राजनीतिक व्यवस्थाको व्यवस्थापकीय पक्षलाई धनका माध्यमबाट होइन सेवाका माध्यबाट बाहिर ल्याउन आवश्यक देखिएको छ । नेपालका सत्तासीन दल र ती दलका नेतमा देशप्रतिको भावनामा परिवर्तन आओस् आफू र आफन्तका लागि सत्ता होइन भन्ने धारण पलाओस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच