काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । हाल काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख शहरमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको बससेवाले जनाएको छ ।
बस व्यवसायी र सरकारबीच टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल भइरहेको छ । निर्णयपछि यसै सातादेखि अन्य गन्तव्यका लागि पनि बससेवाबाट बुकिङ खुल्ने बताइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले आइतबार मन्त्रालयमा टिकट बुकिङका सम्बन्धमा छलफल भए पनि निष्कर्षमा नपुगेका कारण यातायात व्यवस्था विभागसँगको आगामी बैठकले गर्ने निर्णयअनुसार बुकिङ सुरु हुने बताउनुभएको छ ।
विगत वर्षमा पनि दशैँको समयमा यात्रुलाई सहजरूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिष्कृतरूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताउनुभएको छ । उहाँका अनुसार ७० भन्दा बढी जिल्लाका चार सय ३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । कम्पनीले आफ्नो प्लेटफर्ममार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन केही यात्रुलाई आकर्षक अफर दिने तयारीसमेत गरेको जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच