पर्सा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
नेपाली काँग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सम्पूर्ण जातजाति र भाषाभाषीहरुको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकतावद्ध बनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबै मिलेर एकतावद्ध भएर अघि बढ्नुस् । अब हाम्रो देश सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिलाहरुको हो । थारु, मुस्लिम सबैको देश हो । सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो ।’
उहाँले काँग्रेसहरु एक भएर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच