
संयुक्त राष्ट्रसंघको ७९औं महासभा अमेरिकाको न्यूयोर्कमा सुरु भएको छ । यस महासभाको बैठकमा भाग लिन विश्वभरिका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको सहभागिता हुने गर्दछ । महासभा बैठकको अवसरमा नेताहरूबीच दुई पक्षीय छलफल पनि हुनेगर्दछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक देशको प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका छन् । न्यूयोर्कमा हाम्रा प्रधानमन्त्री केपी शर्मा अोली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको थियो । हाम्रो अपेक्षा अनुसार नै दुवै देशका प्रधानमन्त्रीबीच सुःखद, सकारात्मक र सौहाद्र्रपूर्ण भेटवार्ता पनि भएको छ । यस भेटवार्ताले दुवै देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई थप प्रगाढ पनि बनाउने निश्चित छ । यसले नयाँ उत्साह जगाएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको यस अघिका कार्यकालहरूमा दक्षिणी छिमेकीसितको सम्बन्ध केवल शिष्टाचारमा मात्रै सीमित थिए जबकि उत्तरी छिमेकीसितको सम्बन्धमा अलि बढी नै प्राथमिकतामा रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क भ्रमणका लागि प्रस्थान गर्नुभन्दा केहीअघि डा.सूर्यनाथ उपाध्याय र भूतपूर्व परराष्ट्रमन्त्री कमल थापाको किताब विमोचनका अवसरमा भारतबारे दिएका केही अभिव्यक्तिका कारण कतै न्यूयोर्कमा मोदीसितको भेटवार्ता ओझेलमा पर्ने त होइन ? भन्ने आशंका पनि काठमडौंको बौद्धिक वृत्तमा चर्चामा आएको थियो तर त्यस्तो केही पनि भएन ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय प्रधानमन्त्रीसितको भेटवार्तालाई सकारात्मक भनेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए । जसले मोदीले सहर्ष स्वीकार गरेका छन् । अनुकूल समयमा उनले नेपालको भ्रमण गर्ने अनुमान छ ।
नेपालका प्रधानमन्त्री केपी ओलीसितको भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आफ्नो सामाजिक सञ्जाल एक्समा गरिएको पोष्टमा यस भेटवार्तालाई राम्रो भनेका छन्, साथै भारत-नेपाल मित्रतालाई अत्यन्त बलियो बताउँदै उनले यस सम्बन्धलाई हामी थप गति दिन चाहन्छौँ भनेका छन् । हाम्रो वार्ता, ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयमा केन्द्रित रहेको भनेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय प्रधानमन्त्रीसितको भेटवार्तालाई सकारात्मक भनेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए । जसले मोदीले सहर्ष स्वीकार गरेका छन् । अनुकूल समयमा उनले नेपालको भ्रमण गर्ने अनुमान छ । प्रधानमन्त्री ओलीलाई भारतले हेर्ने दृष्टिकोणलाई नेपालका कतिपय परराष्ट्रविज्ञहरूको पनि चासो रहँदै आएको थियो तर यस राम्रो एवं सकारात्मक भेटवार्ताले त्यस्तो आशंकालाई निराधार सावित गरेको छ । हुन पनि नेपाल र भारतबीच सुमधुर सकारात्मक एवं परस्पर सहयोगात्मक सम्बन्धको विकल्प पनि छैन ।
दुई देशको सम्बन्धमा धेरै आयाम जोडिएका हुन्छन् । कुनै एउटा विषयलाई आधार बनाएर परराष्ट्र सम्बन्धको निर्धारण हुन सक्दैन । कहिलेकाहिँ केही लिने र दिने पनि हुन्छ, सुन्ने-सुनाउने र बुझने-बुझाउने पनि हुन्छ । राष्ट्र र जनताका हित सर्वोच्च प्राथमिकतामा हुनुपर्छ । दक्षिणी छिमेकी भारतसितको सम्बन्धलाई लेनदेनको आधारमा मात्र परिभाषित गर्न सकिँदैन । न त यसलाई राजनीतिक दलको सिद्धान्त र विचारको आधारमा नै परिभाषित गर्न सकिन्छ ।
अहिले नेपालमा सन् १९५० को शान्ति एवं मैत्री सन्धिको समीक्षाका लागि नेपालको आग्रहमा दुवै देशका सरकारहरूद्वारा गठित प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदनलाई प्रमुखताका साथ चर्चामा ल्याउने काम भइरहेको छ । इतिहासको समीक्षालाई नराम्रो भन्ने मिल्दैन तर आशंका धेरै हदसम्म बढ्न जाँदा केही नहुँदा पनि धेरै अनर्थ भइरहेको जस्तो लाग्छ । सन् १९५० को शान्ति तथा मैत्री सन्धिका कुनै पनि धाराले नेपाललाई कहिँकतै समस्या उत्पन्न गरेको छैन । नेपालको आर्थिक सामाजिक र सांस्कृतिक विकासमा यो कहिँकतै बाधक छैन । न त यस सन्धिको धाराले राज्यको कुनै अंगलाई स्वतन्त्र तथा सार्वभौम राष्ट्रको रूपमा काम गर्नमा रोक लगाएको छ, न त बाधा नै उत्पन्न गरेको छ । असमान सन्धि भन्ने शब्दलाई शब्दकोषबाट झिकेर प्रयोगमा ल्याउने काम भएका छन् ।
यस सन्धिका केही धाराहरू अप्रासंगिक भएका छन् र बिस्तार-बिस्तारै यो स्वतः नै प्रभावहीन हुँदै जाने छ । सन् १९५० को शान्ति एवं मैत्री सन्धिको प्रावधान रहँदा रहँदै पनि नेपालले विसं २०४५ सालमा चीनबाट र देउवा सरकारको पालामा ब्राजिलबाट हतियार खरिद गरिएको थियो । नेपाल एउटा स्वतन्त्र एवं सार्वभौम राष्ट्रको रूपमा आफ्ना प्रत्येक निर्णयहरू गरी नै रहेको छ । समस्या कहीँ पनि छैन तर नेपालका कम्युनिष्टहरूले यसले ठूलो राजनीतिक मुद्दा बनाएका छन् जब जब देशमा गरिबी, बेरोजगारी र महँगी जस्ता विषयलाई लिएर जनता सरकारको विरोधमा सडकमा आउन खोज्छन् तब-तब हाम्रो देशमा सिमाना असुरक्षित देखिन्छ, त्यो पनि केवल पूर्व, पश्चिम र दक्षिणमा मात्रै, उत्तरतिर होइन ।
नेपाल जस्ता देशहरूले क्षेत्रीय नेतृत्वदायी भूमिकाको निर्वाह गर्ने महत्वाकांक्षालाई परित्याग गरी पहिले आफ्नो देशलाई आर्थिक रूपले सम्पन्न बनाउने काम गर्नुपर्छ । सिंगापुर, जापान, दक्षिण कोरिया र मलेसियाले यस्तो महत्वाकांक्षा कहिल्यै पालेनन् । ती देशहरू आज आर्थिक रूपले सम्पन्न छन् ।
भारतसित भएका सन्धि, सम्झौतालाई समस्याको रूपमा देखाउने काम हुन्छ । इपिजी प्रतिवेदन बुझ्दैमा त्यो लागु हुने होइन । सन् १९५० को शान्ति एवं मैत्रीसन्धि केवल खारेजमात्रै हुन सक्दछ, यसमा संशोधनको गुन्जायस छैन । सन्धि खारेजी भएपछि भारतमा रहेका ४०-५० लाख जति नेपाली फर्केर नेपाल आए त्यस भेलालाई हामीले काम र माम दिने तयारी गरेको छौं कि छैनौं ? यसलाई हाम्रो दुर्भाग्य मान्नुपर्छ कि अत्यावश्यक विषयलाई राजनीतिको केन्द्रमा राखिँदैन । केवल प्रचारमुखी राजनीति गरिन्छ । नेपालमा जब जब आर्थिक विकासको कुरा हुन्छ, देशलाई समृद्धिको बाटोमा डोर्याउने कुरा हुन्छ । देश आर्थिक प्रगतिको बाटोमा अगाडि बढ्न थाल्छ अनि यहाँ विनाकारण राष्ट्रवादको मुद्दालाई उचालने काम गरिन्छ ।
विगत केही वर्षयतादेखि नेपाल जलस्रोतको क्षेत्रमा राम्रो काम गरिरहेको छ । नेपालबाट लोडसेडिङ्को अन्त्य भई भारतमा बिजुली निर्यात गरेर नेपालले नाफा कमाउन थालेको छ । नेपालमा केही विकासविरोधीहरूले दुई देशबीचको सम्बन्धमा कटुता ल्याउने काम गर्न थालेका छन् । राष्ट्रवादको नाराले सुरुमा पाकिस्तान, त्यसपछि श्रीलंका र हालसालै बंगलादेशलाई पतनको बाटोमा डो¥याएको उदाहरण नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध कायम भएको सात दशकभन्दा पनि बढी भइसकेको छ तर यस लामो अवधिको सदुपयोग राष्ट्र र जनताको हितमा गर्न सकिएन, जबकि यस अवधिमा त संसारका धेरै देश विकसित पनि भइसके ।
भारतसँग नेपालको सम्बन्ध कहिल्यै खराब भएन तर धेरै राम्रो पनि रहेन जबकि नेपाल र भारतबीच परस्पर अन्तरनिर्भरता, विश्वास तथा पारस्परिक लाभमा आधारित सम्बन्धको विकल्प छैन । नेपाल एवं भारतबीच कतिपय कुरामा समानता रहेको भए पनि आर्थिक प्रगतिको मामिलामा भारत, नेपाल भन्दा किन र कसरी अगाडि बढ्यो भन्ने विषयमा हामीले गम्भीर चिन्तन गर्नु आवश्यक छ । भारतसँग रहेको परम्परागत बहुआयामिक सम्बन्धलाई नेपाली जनताको हितमा सदुपयोग गर्न सक्नुपर्छ । परस्पर विश्वासमा आधारित सम्बन्धले मुलुकको भलो नै गर्दछ ।
नेपालका राजनीतिज्ञहरूले संकटका बेला भारतलाई गुहार्ने, अनुकूल अवस्थामा उत्तरी छिमेकी चीनलाई पट्याउने तर कमीकमजोरी एवं असफलताका लागि भारतलाई सराप्ने गरेकै कारण भारतले पनि हामीमाथि पत्यार गर्न सकिरहेको छैन । शायद त्यही भएर होला सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो नेपाल भ्रमणमा आउँदा नेपाल, भारतको नजिक रहेको तर साथ नरहेको भनेका थिए । नेपाल जस्ता देशहरूले क्षेत्रीय नेतृत्वदायी भूमिकाको निर्वाह गर्ने महत्वाकांक्षालाई परित्याग गरी पहिले आफ्नो देशलाई आर्थिक रूपले सम्पन्न बनाउने काम गर्नुपर्छ । सिंगापुर, जापान, दक्षिण कोरिया र मलेसियाले यस्तो महत्वाकांक्षा कहिल्यै पालेनन् । ती देशहरू आज आर्थिक रूपले सम्पन्न छन् ।
पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री जुल्फिकार अलि भुट्टोले एकपटक इस्लामिक विश्वको नेतृत्व गर्ने महत्वाकांक्षा व्यक्त गरेका थिए । पाकिस्तान आज कुन अवस्थामा छ भनिरहनु पर्दैन । न्यूयोर्कमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्ताले दुई देशबीचको सम्बन्ध सकारात्मक दिशामा बढ्ने अपेक्षा गर्न सकिन्छ । हाम्रो प्राथमिकता केवल देशको आर्थिक विकास र समृद्धि हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच