लगानीकर्ताले आफू अनकुल शेयर बजारलाई चलाउन खोज्दा बजार प्रभावित

Read Time = 7 mins

काठमाडाैं । नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरुले आफू अनकुल चलाउन खोज्दा शेयर बजारमा निरन्तर गिरावट देखिएको छ ।

नयाँ सत्ता समिकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै २ हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा ३ हजार अंक माथि पुगेको थियो । यसरी केही समय उचाई लिएको पुँजीबजार निरन्तर ओरालो लागेर २५ सय अंकको हाराहारीमा झरेको छ । पुँजीबजारप्रति सकारात्मक भएको सरकार एवं अर्थमन्त्री र राष्ट्र बैंकले समेत पुँजीबजारमैत्री मौद्रिक नीति ल्याएपनि बजारमा देखिएको सुधार क्षणिक बन्न पुगेको छ ।

३ हजारमाथि पुगेको पुँजीबजार २५ सय अंकमा झरेसँगै अर्थमन्त्री आफैँले पुँजीबजार सुधारको लागि नेप्से लगायतका निकायहरुमा पुगेर निर्देशन समेत दिँदै आउनुभएको छ । तर पनि बजारले सुधारको गति लिन सकेको छैन । अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुगेर गरेको अनुगमनसँगै बिहीवार उच्च अंकको सुधार देखिएको थियो । तर पनि पुँजीबजारले गति लिन सकेको छैन । गत असार १६ गते २०३७.०९ बिन्दुबाट ९६३.७२ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको बजार अहिले निरन्तर ओरालो लागिरहेको छ ।

बजार लगातार न्युन बिन्दुतर्फ झर्नुको पछाडी नीतिगत र सरकारको कारण भन्दा पनि लगानीकर्ताको कारण देखिएको छ । बजार घटबढ हुनु पुँजीबजारको सुन्दर पक्ष हो तर हद भन्दा पनि दल जानु ठूला लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउनु खोजेको देखिन्छ । २ हजार अंकको शेयर बजार ३ हजार माथि पुग्नुलाई अधिकांश लगानीकर्ताले पुँजीबजार करेक्शनपछिको बाउन्सको रूपमा लिएका थिए । सरकारले नीतिगत सुधार र बजारलाई पारदर्शी रुपमा लैजानसके पुँजीबजार सुधारको बाटोमा जाने देखिन्छ । पछिल्लो समय पुँजीबजारमा देखिएको गिरावट लगानीकर्ताको अस्थिरताको कारण भएको लगानीकर्ताहरुले समेत स्वीकार गरेका छन् ।

पुँजीबजार लगानीकर्ताहरुले बजारलाई स्वतःस्फुर्त भन्दा पनि लगानीकर्ता अनकुल चलाउन खोज्दा बजारमा असर परेको कुरामा लगानीकर्ता समेत सहमत देखिएका छन् । पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ठूला,पुराना र अनुभवी लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउँदा पुँजीबजार सुधार हुन नसकेको बताउनु भयो । उहाँले बजारलाई स्वतन्त्र छोड्नुपर्ने भएपनि बजारलाई ठूला लगानीकर्ताले नियन्त्रणमा लिन खाजेको आरोप लगाउनु भयो । अध्यक्ष पोखरलेले शेयर बजार सानो कुराले पनि दीर्घकालिन असर पर्ने गरेको भन्दै लगानीकर्ता अनुकुल चलाउने प्रयासले बजार माथि जान नसकेको बताउनु भयो ।

उहाँले नेपालको पुँजीबजार आर्थिक सूचकांकले भन्दा पनि राजनीतिक इण्डिकेटरले चलाइरहेको बताउनु भयो । उहाँले पुँजीबजार सुधार हुन नसक्नु लगानीकर्ता नै दोषी रहेको बताउनु भयो । उहाँले पछिल्लो समय सानादेखि ठूला लगानीकर्ता समेत शेयर बजारका लगानीकर्ता भन्दा पनि व्यापारी बन्न खोज्दा बजार समस्यामा पुगेको बताउनु भयो । उहाँले पुँजीबजार माथि जाँदा ६२ लाख लगानीकर्ता बजार प्रवेश गरे जस्तो लाग्ने र बजार तल जाने बित्तिकै बजार सुस्ताएको जस्तो देखिने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग् कुरा गर्दै उहाँले बजार बढेको समयमा ब्रोकरलाई भुक्तानी नगरी ठूला लगानीकर्ताले नाफा कमाएको आरोप लगाउनु भयो । उहाँले त्यही समयमा बजारमा गिरावट आउँदा ब्रोकरलाई व्यवस्थापनमा समस्या हुँदा बजारमा कारोबार रकम कम र अंक दुवैमा गिरावट आएको बताउनु भयो । सरकारले पुँजीबजार सुधारको लागि अझै थप नीतिगत सुधार गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पुँजीबजारको सुन्दर पक्ष भनेकै घटबढ हुनु हो । साधरण रुपमा बजार चल्छ भने त्यसलाई साधरण रुपमा लिइन्छ । सरकारको नयाँ समिकरण र अर्थमन्त्रीलाई लगानीकर्ताले रुचाएको अवस्था हो । विष्णु पौडेल अर्थमन्त्री भएकै कारण बजार माथि गएको थियो । तर बजारलाई व्यवस्थित बनाउन नीतिगत सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । त्यो हुन सकेको छैन । नेपालको पुँजीबजार परिपक्क भइसकेको छैन । अहिले पुँजीबजारमा लगानीकर्ता भन्दा पनि टेण्डर भएका छन् । अर्थात लगानीकर्ता भन्दा पनि शेयर व्यापारी भएका छन् । पछिल्लो समय जसरी बजार उकालो लाग्यो त्यही रुपमा बजार ओरालो पनि लायो । यसमा अर्थमन्त्री र सरकारलाई दोष दिने होइन । लगानीकर्तामा लगानी गर्ने प्यासन छैन । आज बजार घट्नुमा लगानीकर्ता नै दोषी छन् । बजारमा प्रवेश गर्ने बेच्ने प्रचलन बढी भयो । लगानीकर्ता पनि दोषी छन् । पुँजीबजारमा लगानीको उपयुक्त वातावरण हुँदा पनि शेयरलगानी कर्ताले बजारलाई आफू अनकुल चलाउन खोज्दा बजारमा समस्या भएको छ ।’

स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले पनि शेयर बजारमा लगानी गरेपछि कमाउनको लागि धैर्यता आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय लगानीकर्तामा पुँजीबजारमा लगानी गरेपछि कति समयको लागि लगानी गर्ने,कति समय धैर्य गर्ने भन्ने दीर्घकालिन योजना विना लगानी गर्दा बजारमा समस्या देखिएको बताउनु भयो । उहाँले शेयर बजार लगानीकर्ताहरुले लगानी गर्ने बित्तिकै तत्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

रिलेटेड न्युज

छुटाउनुभयो कि ?