बार्सिलोना । पोल्याण्डका पूर्वगोलकिपर वोज्सिच स्जेस्नीले सन्न्यास तोडेर बार्सिलोना जानुहुने भएको छ । बार्सिलोनाका नियमित गोलकिपर टेर स्टेगेन घाइते भएपछि बार्सिलोनाले युभेन्टसका पूर्वगोलकिपर स्जेस्नीलाई भिœयाउने निश्चित भएको हो ।
स्जेस्नीले बार्सिलोनाको अफरलाई स्वीकार गर्दै आफ्नो सन्न्यास तोड्नुभएको छ । उहाँले बार्सिलोनासँग एक वर्षको सम्झौता गरेको र उहाँको मेडिकलको तयारी भएको बताइएको छ ।
३४ वर्षीय स्जेस्नीले गत अगस्टमा फुटबलबाट सन्न्यास लिनुभएको थियो । उहाँले युभेन्टसका लागि सात सिजनमा २५२ खेल खेल्नुभएको थियो भने पोल्याण्डका लागि २००९ देखि २०२४ सम्म ८४ खेल खेल्नुभएको थियो । एजेन्सी ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच