
काठमाडौं । चलचित्र ‘प्रेम गीत-३’ नेपाली ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । प्रदीप खड्का र क्रिस्टिना गुरूङको शीर्ष अभिनय रहेको यो चलचित्रलाई ‘सिनेमाघर एप’मा रिलिज गरिएको हो ।
चलचित्रमा प्रदीप र क्रिस्टिनासहित शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायत कलाकारको अभिनय छ ।
चलचित्रलाई छेतेन गुरूङ र सन्तोष सेनले संयुक्त निर्देशन गर्नुभएको छ । यो चलचित्र दुई वर्षअघिको बडा दशैँको छेकोमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतमा एकसाथ सार्वजनिक प्रदर्शनमा आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच