बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते

बैतडी । बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । जिल्लाको छेलाबाट दशरथचन्द नगरपालिका-३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको बोलेरो जिप अनियन्त्रित भएर विहीवार राति १० बजेतिर डुवापानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटना परि जिपमा सवार ८ जना मध्ये चालकसहित ६ जना घाइते भएका छन् । घाईते मध्ये ५ जना जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका छन् ।

घाइते मध्ये दशरथचन्द नगरपालिका ३ वरकुरालीका ४५ बर्षिय दिलिप नाथलाई थप उपचारका लागी राती नै धनगढी लगिएको छ । उनको हात र पिठ्युमा चोट लागेको प्रहरीले जनाएको छ ।

जिप सडकबाट ५ मिटर तल खसेर सल्लाको रुखमा अड्केकाले ठूलो दुर्घटना टरेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक जनक ढुंगानाले बताउनुभयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?