बारको आन्दोलन जारी, सर्वोच्चमा न्यायाधीश सिफारिस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

आज बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै आएको थियो ।

न्याय परिषद्को बैठक जारी रहेको अवस्थामा बारले विरुद्धमा प्रदर्शन गरेपनि अन्ततः न्यायाधीश नियुक्तिको सिफारिस भएको हो ।

हाल उच्चमा १६ जना र सर्वोच्च अदालतमा ६ जना न्यायाधीश रिक्त छन् । रिक्त न्यायाधीशमध्ये सर्वोच्चमा चाहीँ सिफारिस गरिएको हो । न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस हुनुभएकाे पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाइ हुनु हाे । उहाँ उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुनु हुन्थ्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *