काठमाडौं । अविरल वर्षासँगैको बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीले बगाएको हो ।
भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ । ग्यास चुहिएकाले च्यासल क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ ।
बगेको बुलेट अहिले च्यासलस्थित एमाले केन्द्रीय कार्यालय नजिकैको पुलमा अड्किएको छ । यो पुलले काठमाडौंको दोभान क्षेत्र र ललितपुरको च्यासललाई जोड्छ ।
प्रहरीले ग्यास बुलेट कहाँबाट बगाएर ल्याएको खुलिनसकेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच