सुनसरी – निरन्तरको वर्षाले सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् । पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद तिवारीकाअनुसार शनिबार बिहान साढे आठ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।
शनिबार बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । त्यसबेला ५० वटा ढोका मात्र खोलिएको थियो । एक घण्टा नबित्दै कोशीमा पानीको सतह र बहाव बढेको हो । पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसापासका बासिन्दाहरू त्रसित भएका छन् ।








विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै
भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल