नवलपरासी । पश्चिम नवलपरासीको सुस्ताबस्तीमा झोलुङ्ग पुल सुचारु भएपछि सुस्ता बासीहरुले नारायणी नदीमा पूजा आजा गरेका छन् । पुल र विद्युत पुगेपछि दैनिकी काममा निकै सहज भएकाले सुस्ताबासी निकै हर्षित भएका छन् ।
सुस्ता गाउँपालिका वडा नम्बर ५ नारायणी पारी सुस्ताका स्थानीयहरू आफ्नै देशमा आउन वर्षायाममा भारतीय भूमि भएर आउजाउ गर्नुपर्थ्यो भने हिउँदमा जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अहिले पुल बनेपछि सहज भएको सुस्ताका स्थानीय रबिन्द्र यादबले जानकारी दिनुभयो ।
गत बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पुलसँगै राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गरेपछि स्थानीयहरूले खुसियालीमा नारायणी नदीको पूजा गरेका हुन् । उद्घाटन गरेर राष्ट्रपति फर्के लगत्तै हातमा दियोसहित पूजा सामग्री लिएर पुगेका स्थानीय महिलाहरूले पुलमुनी बसेर नारायणी नदीको पूजाआजा गर्न सुरु गरेका थिए । 'वर्षौ देखिको हाम्रो चाहना बल्ल पूरा भएको छ त्यसैले गंगा (नारायणी)माताको पूजा गरेका हौं’, स्थानीय यादबले भन्नुभयो ।
नदीमाथि बनाइएको पुल र पुल हुँदै पुर्याइएको बिजुलीका कारण दुर्घटना नहोस् र सुस्ताबासीको भलोको कामना गर्दै गंगा मातासँग प्राथना गर्न पूजा गर्न आएको अर्की स्थानीय गीता जयसवालले बताउनु भयो । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तावासीलाई आफ्नै देशमा आउन पनि भारतीय भूमि भएर आउनुपर्ने बाध्यता भएपछि नारायणी नदीमाथि १ हजार ५ सय ७१ मिटर लामो पुल निर्माण गरिएको छ ।
सुस्तामा नेपालमा नै पहिलो पटक झाेलुङ्गे पुल बाट राष्ट्रिय विद्युत प्रशारण लाईन जडान गरिएको छ । झलुङ्गे पुलमार्फत पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना हुने गरी ११ केभी लाइनको राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच