अविरल वर्षाका कारण देशभरमा ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौं उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । काठमाडौंमा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन-तीन, पाँचथर र धनकुटामा दुई-दुई, झापा र धादिङमा एक-एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका  बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?