यस्तो छ तपाईंको असोज १३ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८१ असोज १३ गते आइतबार, ई.स. २०२४ सेप्टेम्बर २९, तिथि- आश्विन कृष्णपक्ष द्वादशी, अश्लेषा- नक्षत्र, ६ः१५ बजेपछि मघा, साध्य- योग, तैतिल- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ५ः५६, सूर्यास्त- १८ः५० ।

मेष : परिश्रम गरे अनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

वृष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

कन्या : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

तुला : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

वृश्चिक : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मकर : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *