
काठमाडौँ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ ।
प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएको थियो भने आइतबार अहिलेसम्म २१ जनाको शव निकालिएको हो ।
अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।
झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो ।
यसैबीच पाल्पाको अगाहाखोलाबाट छुटेको बस पनि सम्पर्कविहीन भएको छ ।
पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बस धनी विमल अर्यालले जानकारी गराउनु भएको छ ।
उहाँका अनुसार अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं आउन लागेको रात्री बसका चालक र सहचालकसँग सम्पर्कविहीन रहेका छन् । बसमा १८ देखि २० जना यात्रु रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच