सिन्धुली । जिल्लामा बाढीपहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर दुई जनाको मृत्यु भएको हो ।
सुनकोशी गाउँपालिका–१ दुम्जामा शनिबार विहान घर माथिबाट खसेको पहिरोले घर भत्किदा पुरिएका १२ वर्षीय विनय कोइरालाको शव आइतबार दिउँसो निकालिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलकाअनुसार बालक विनयको उद्धारका लागि ३१ जना नेपाली सेनाको टोली, ३५ जना नेपाल प्रहरीको टोली र १० जना शसस्त्र प्रहरीको टोली आइतबार विहानदेखि नै खटिएको थियो । दुई वटा ‘डोजर’ ले पहिरो पन्छाएर बालकको शव निकालिएको उहाँले बताउनुभयो ।
यसैबिच, कमलामाई नगरपालिका–९ भिमानमा रहेको सुकेखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा कनपा– ९ बस्ने ४६ वर्षिय कृष्ण बहादुर बोगटीको मृत्यु हो ।
प्रहरी उपरिक्षक काफ्लेकाअनुसार महोत्तरीको वर्दिबासमा काम गर्न गएका बोगटीलाई घर फर्कने क्रममा अबिरल वर्षासँगै खोलामा आएको बाढीले शुक्रबार साँझ बगाएर वेपत्ता बनाएकोे थियो । वेपत्ता बोगटीको खोजी गर्ने क्रममा सुकेखोलाको दोभान (कमला खोलाको किनार) मा शव भेटिएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच