ढुंगानाको स्वरमा ‘म त हुजुर गुन्द्रुके साइँलो’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कवि गीतकार द्वारिका ढुंगानाको नयाँ गीत ‘म त हुजुर गुन्द्रुके साइँलो’ सार्वजनिक भएको छ । ८२ वर्षको उमेरमा कवि गीतकार ढुंगानाले यो गीत रकेर्ड गराएर श्रोता/दर्शकमाझ ल्याउनुभएको हो ।

सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालीको एरेञ्ज रहेको गीतको भिडियोमा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ छ । गीतको भिडियो कवि गीतकार द्वारिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो उमेरमा पनि साहित्य र सृजना प्रति जोश, जाँगर, उत्साह गीत गाउन अझै अनुकूल आवाज अत्यन्तै सुन्दर कविता लेख्ने त्यस्तै गहकिला अनि विभिन्न भाव शैलीमा गीति लेखन साथै यति सुन्दर गायन एउटा दिग्गज श्रष्टामात्र नभइकन एउटा सरल मृदुभाषी सबै व्यक्ति, पुस्तासँग मित्रवत व्यवहार गर्ने द्वारिकाजीसँग जोडिएर काम गर्न पाउँदा खुशी लागेको संगीतकार सागर अधिकारी बताउनुहुन्छ ।

साच्चै नै उहाँको स्वरमा एकखालको मिठास छ । आफ्नै गाउँघर समेटेर गीत लेखेर आफैंले गाउनु भएकोमा उहाँलाई यतिबेला धेरैले बधाई दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *