कविता : नसोध मलाई

हिमालय टाइम्स
Read Time = 1 min

✍️ विश्वास नेपाली

नसोध मलाई तिमी त्यो प्रेमको अर्थ
यहाँ सुन्दरताको रङमा रंगीनेको भिड छ ।
नसोध मलाइ तिमी त्यो भावनाको अर्थ
यहाँ आसुको भेलमा बहकिनेको भिड छ ।।

नसोध मलाई तिमी म भित्रको मनुस्यको अर्थ
यहाँ आफूभित्रको मनुष्य नचिन्ने नयनको भिड छ ।
नसोध मलाई तिमी म भित्रको पबित्रताको अर्थ
यहाँ सङ्लो पानीमा धमिलो देख्नेको भिड छ ।।

नसोध मलाई तिमी म भित्रको म हुनुको अर्थ
यहाँ अरू को हो भन्दै औल्याउनेको भिड छ ।
नसोध मेरो मनमा उब्जेको बिचारको अर्थ
यहाँ विचार बोकेर लाचार हुनेको भिड छ ।।

नसोध मलाई तिमी त्यो सम्बन्धको अर्थ
यहाँ बन्धन बनाउने भन्दा टुक्राउनेको भिड छ ।
नसोध मलाई तिमि यो जिबनको अर्थ
यहाँ जीवित मृत्युवरण आत्माहरूको भिड छ ।।

नसोध मलाई तिमी त्यो सत्यको अर्थ
यहाँ सत्य स्वीकार्न ड्गमगाउनेको भिड छ ।
नसोध मलाई तिमी त्यो मृत्युको अर्थ
यहाँ मृत्युको भय नभएका मुर्खको भिड छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *