जुम्ला । जुम्लामा चाडपर्व लक्षित सुपथ मुल्यको खाद्यान्नको पसल आईतबारदेखी संचालनमा आएको छ । यहाँ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सहुलियत मूल्यको खाद्यान्न पसल संचालन गरेको हो । नेपालीहरुको महान पर्व दशैं तिहारलाई लक्षित गरेर सर्वसाधारण नागरिकको राहतका लागि सुपथ मुल्यको खाद्यान्न पसल संचालनमा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाका प्रमुख सन्तोष तिवारीले जानकारी दिनुभयो ।
यही असोज १३ देखि माघ २ गतेसम्म सुपथ मुल्यको खाद्यान्न पसल संचालन हुने भएको छ । सुपथ मुल्यको खाद्यान्न पसलबाट प्रतिकेजी चामलको ५ रुपैयाँ छुटहुने भएको छ । स्ट्रिम जिरा मसिनो चामलको मुल्य अहिले २४ सय रहेको छ । अब खाद्यान्नको सुपथ मुल्यको पसलबाट २२ सय ७५ मा विक्री हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख सन्तोष तिवारीको भनाइ छ ।
कम्पनीबाट हाल सोना मनसुलि चामल १७ सय ५० मा विक्रिहुँदै आएकोमा । सुपथ मुल्यको पसलबाट १६ सय २५ रहेको छ । अरुवा मोटो १६ सय ७५ रहेकोमा अब १५ सय ५० रुपैयाँमा सुपथ मुल्यको खाद्यान्न पसलबाट विक्रि हुने भएको छ ।
यो आर्थिक वर्षका लागि जिल्लामा ९ हजार क्वीन्टल चामलको कोटामध्ये हालसम्म २ सय ७० क्वीन्ट चामल कार्यालयमा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका सुचना अधिकारी लक्ष्मण शर्माले बताउनुभयो ।
कम्पनीले यहाँको तिला गाउँपालिकाको जुम्लाकोट, सिंजा गाउँपालिकाको धाँपा डिपो,तातोपानीको पाताथरसाँघु, पातारासीको लुम र हिमा गाउँपालिकाको बाँजागाड विक्रि केन्द्रबाट समेत सुपथ मुल्यको खाद्य पसल संचालन गरिने भएको छ । उक्त स्थानीय तहका नागरिकलाई सम्बन्धित स्थानीय तहबाटै सुपथ मुल्यमा चामल लिन आग्रह गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले जनाएको छ ।
सहुलियत पसल संचालनमा आएपछि यहाँका स्थानीय उपभोक्तालाई निकै राहत पुग्ने तिला गाउँपालिका-१ का स्थानीयवासी धनपत्ति बुढाको भनाइ छ । संघीय सरकारको निर्णय अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका नौ जिल्लामा एकसाथ असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्य गरी सुपथ मूल्यको पसल संचालनमा ल्याएको हो । उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल संचालन गर्ने खाद्यको लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।
सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल संचालनमा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालयले जनाएको छ । आईतबार मात्र दुई सय क्वीन्टल चामल विक्रि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय जुम्लाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच