काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा कुर्सी हानाहान भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा नेताहरु कुर्सी हानाहानमा उत्रिएका हुन् ।
अधिकांश अध्यक्षका दावेदार नेताहरु उमेर हद लगाउन नहुने पक्षमा छन्। केही युवा नेताहरु ३२ वर्षे उमेरहद लगाउने पर्ने पक्षमा छन् । उमेर हद लागेका यस महाधिवेशनमा अध्यक्षका आकांक्षी रहेका २० जनानै उम्मेदवार बन्न पाउने छैनन् ।
१० असोजदेखि जारी २३ राष्ट्रिय सम्मेलनमा उमेर हदका पक्षरविपक्षमा प्रतिनिधि देखिएका थिए । उमेर हद राख्नुपर्ने धारणाहरू प्रतिनिधिहरुबाट आएपछि मतदानबाट टुंगो लगाउने तयारी गरिएको थियो ।