
गुल्मी । गुल्मीमा मानव अधिकार तथा शान्ति समाजको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न मानव अधिकार तथा शान्ति समाज गुल्मी जिल्ला शाखाको चौंथो साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
साधारणसभाबाट मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको सभापतिमा मानव अशोक कुमार पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन अधिकृत चन्द्रकान्त पन्थीले जानकारी दिनुभयो । उपसभापतिमा डोरविक्रम श्रीस निर्वाचित हुनुभयो । सचिवमा यमलाल पाण्डे, सहसचिवमा रामबहादुर बस्नेत र कोषाध्यक्षमा शान्ति नेपाली सर्वसम्मत निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, कार्यसमिति सदस्यमा रामकृष्ण पौडेल, घनश्याम पाण्डे, लक्ष्मी अर्याल, भगवता पाण्डे, भगवती कंडेल खनाल र महेश पन्थी सर्वसम्मत निर्वाचित हुनुभयो । यस जिल्लामा आजीवन सदस्य १५ जना र साधारण सदस्य २१ जना गरि कुल ३६ जना मानव अधिकार तथा शान्ति समाजमा आवद्ध रहेका छन् । नयाँ कार्यसमितिमा सदस्यको रुपमा गणेश बहादुर अधिकारी, विनोद पाण्डे, शारदा भलामी र मुना श्रीस बराललाई मनोनीत गरिएको छ । सल्लाहकारको रुपमा निवर्तमान सभापति ढुण्डिराज पोख्रेल रहनुभएको छ ।
साधारणसभाको उद्घाटन गर्नुहुँदै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले मानव अधिकारको विषयमा संविधानमा लेखिएका कुराहरुको कार्यान्वयन पक्षमा फितलो भएको बताउनुभयो । सुशासन बलियो बनाउन सकिएमा सबै कुराको जग बस्ने भन्दै उहाँले नागरिकले संविधान र व्यवहारमा अधिकार खोज्ने तर राज्यप्रति निभाउनुपर्ने भूमिका बोध नभएका कारण समस्या सिर्जना भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच