मुगु । मुगुसहित देशभरि रहेका धार्मिक, सामाजिक,पर्यटकीय,पुरातात्त्विक सम्मपदा लगायत सामाजिक मान्यता कला सांस्कृतिकको पहिचान तथा संरक्षणमा लोकवार्ताले जोड दिईएको छ ।
लोकवार्ता परिषद नेपाल देश भरी गठन भएको र लोकवार्ता परिषद नेपालले देशभरिका धार्मिक,सामाजिक,पर्यटकीय, पुरातात्त्विक सम्पदाको पहिचान र संरक्षणका क्षेत्रमा काम गर्दै आएको लोकवार्ता परिषद नेपाल मुगु शाखका अध्यक्ष प्यारिलाल काफ्लेले बताउनु भयो ।
मुगुमा छायांनाथ धाम, रारा ताल,थार्पमस्टा, ऋणमोक्ष माई,खेस्ममालिका, चंखेली हिमाल लगायत धार्मिक तथा पर्यटकीय सम्पदा रहेका छ्न् । त्यो संगै सामाजिक मूल्यमान्याता, कला सांस्कृतिकले मुगु जिल्ला भरिपूर्ण छ तर मुगु जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय सम्पदा सामाजिक मुल्यमान्यता कला सांस्कृतिक प्रचारप्रसार ओझेलमा रहेका छ्न् ।
त्यस्ता धार्मिक, पर्यटकिय, सामाजिक मुल्यमान्यताको खोजी गर्ने र यिनीहरुको पहिचान गरि संरक्षण गर्ने उदेश्यले लोकवार्ता परिषद नेपालले काम गर्दै आएको अध्यक्ष काफ्लेले बताउनु भयो ।
सोमबार लोकवार्ता परिषद नेपाल मुगु शाखाले एक कार्यक्रमको आयोजना गरि लोकवार्ता परिषद नेपालले धार्मिक, पर्यटकिय, सामाजिक मुल्यमान्यताको पहिचान र संरक्षणका क्षेत्रमा गर्ने क्रियाकलापका बारेमा जिल्लाका सरोकारवाला निकायलाई जानकारी गराउनुको साथै दुई वटा धार्मिक कार्यापत्र प्रस्तुत समेत गरेका थिए ।
लोकवार्ता परिषद नेपाल मुगुका सदस्य तथा कर्णाली माबिका प्रधानध्यापक चन्द्र प्रकाश बढुवालले ऋणमोक्ष माईको उत्पति, धार्मिक बिश्वास, किवदन्तीको वणन अनुसार हाल प्रचलित धार्मिक क्रियाकलाप त्यस क्षेत्रको भौगोलिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा २ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यपत्र प्रस्तुतले मुगु जिल्लाका धार्मिक तथा पर्यटकिय सम्पदा कला सांस्कृतिकको वास्तविक पहिचान झल्काउने र संरक्षमा जोड दिई भाबी पुस्तालाई त्यसका बारेमा जानकारी हुने विश्वास गरिएको छ ।
यसै बिच आगामी कात्तिक महिनामा लोकवार्ता परिषद नेपाल मुगु शाखाको आयोजना र लोकवार्ता परिषद नेपालको समन्वयमा १३ औं संघगोष्ठीको आयोजना गरि मुगु जिल्लामा रहेका ११ वटा धार्मिक, पर्यटकीय, कला सास्कृतिक मुल्यमान्यताको उत्पति , धार्मिक बिश्वास, किवदन्तीको वणन अनुसार कार्यपत्र प्रस्तुत गरिने जनाएको छ ।
कार्यपत्र प्रस्तुत संगै ओझेलमा रहेका धार्मिक, पर्यटकीय, कला सांस्कृतिकको प्रचारप्रसार हुनुका साथै भावी पुस्तालाई जानकारी समेत हुने लोकवार्ता परिषद नेपाल मुगु शाखाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच