काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी सम्मिलित एन एभेन्ट गेङगाम्पले डिभिजन वान फिमिनिनेमा लगातार दोस्रो खेलमा पराजित भएको छ ।
पेरिस ट्रेनिङ सेन्टरमा आइतबार राती भएको खेलमा घरेलु टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४-० ले पराजित भएको हो । पहिलो खेलमा गेङगाम्प पेरिस फुटबल क्लबसँग ६-० ले पराजित भएको थियो ।
जितसँगै दुई खेलमा ६ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित गेङगाम्प अंकविहीन रहँदै पुछारमा छ । पिएसजीलाई जित दिलाउन रोमी लेउचरले दुई गोल गर्नुभयो । सकिना कार्चोइ र अगुइचा डायराले समान एक/एक गोल गर्नुभयोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच