डा.रेणुका सोलुको ‘तुइन जिन्दगी’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । डा.रेणुका सोलुको संस्मरणात्मक निबन्धसंग्रह ‘तुइन जिन्दगी’ लोकार्पण गरिएको छ । ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।

कृतिकार डा.सोलु, डा.दामोदर पुडासैनी, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, वरिष्ठ साहित्यका माया ठकुरी, अशेष मल्ल, डा.सावित्री मल्ल कक्षपति, डा.गीता त्रिपाठीलगायत व्यक्तित्वले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । पुस्तकमाथि पुडासैनी, त्रिपाठी र अधिकारीले टिप्पणी गर्नुभएको थियो ।

समालोचक त्रिपाठीले पुस्तकमा आएको नारीवाद समावादकै स्वरुपमा रहेको सुनाउँदै सरल तथा सामान्य रूपमा गम्भीर कुरा समेटिएको जिकिर गर्नुभयो । घर, माइती सबैलाई एकसाथ जोडिरहेको महिलाको संघर्ष आएको समालोचक अधिकारीले बताउनुभयो ।

ठकुरीसहित थापा र डा.कक्षपतिले शुभकामना मन्तव्य राख्नुभएको थियो । ‘तुइन जिन्दगी’मा सामाजिक, आर्थिक, राजनीतिक जस्ता दुर्गमताबीच गाँजिएको पुरातना चेतनाविरुद्ध संघर्षरत एक आम नारीको कथालाई डा.सोलुले उजागर गर्नुभएको छ ।

उहाँका यसअघि ‘भिरमह’ उपन्यास, ‘चिराक’ कथासंग्रह ‘अस्तित्वको खोजी’ गजलसंग्र्रह, ‘संघर्षका पाइला’ ‘अवसरको सगरमाथा,’ शोककाव्य, ‘शिखरपुरुषप्रति श्रद्धासुमन’ आत्मकथा, ‘गुलाफ फुल्न खोज्दा’, ‘उपन्यासकार विशेश्वरप्रसाद कोइरालाका नारीपात्रमा नीति चेतना (समालोचना)’लगायत कृतिका साथै बालसाहित्य र सहलेखनमा थुप्रै पुस्तक प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *