बर्दघाट-दाउन्ने सडक मंगलबार रातभर बन्द रहने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड मंगलबार (आज) रातभर बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ ।

पहिरोले भत्किएको सडक मर्मत गर्न रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयाे ।

श्रेष्ठकाअनुसार सडकको रिर्टेनिङ वाल भत्किएर सडक ४०० मिटर भासिएको छ । सडक भासिँदा हाइटेन्सन टावरसमेत ढलेको छ । सडक मर्मतगरी सहज रूपमा यातायात सञ्चालनमा ल्याउन भदौं १५ गते राति १० बजेदेखि १६ गते बिहान ५ बजेसम्म बर्दघाट बजारदेखि पूर्वी सिमाक्षेत्र दाउन्नेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण साधनहरू सञ्चालनमा रोक लगाइएको प्रजिअ श्रेष्ठले बताउनुभयाे ।

बर्दघाट नगरपालिका-४ मा पर्ने खोलामा सडक भासिएपछि सोमबार साँझदेखि बन्द भएको सडक मंगलबार बिहान पौने ९ बजेदेखि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?