भोजपुरका फार्मेसी तथा किराना पसलको अनुगमन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins
भोजपरु । दशैँ लगायतका चाडपर्वहरु नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय भोजपुरले पनि बजार अनुगमन सुरु गरेको छ । प्रशासकीय अधिकृत कृष्णबहादुर बस्नेतको संयोजकत्वमा मंगलवार भोजपुर बजार क्षेत्रका फार्मेसी तथा किराना पसलहरुको अनुगमन गरेको हो ।
 भोजपुर नगरपालिका वडा नम्वर ७ र ९ मा रहेका पसलहरुको अनुगमन गरिएको प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो । जिल्ला प्रशासन सहित जिल्ला प्रहरी कार्यालय, घरेलु बिकास कार्यालय, भोजपुर नगरपालिका, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र पत्रकारको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।
बजार क्षेत्रका सिद्धकाली हस्पिटल सहित ८ वटा फार्मेसी र १९ वटा किराना पसलको अनुगमन भएको छ । फार्मेसी तथा किराना पसलहरुबाट म्याद सकिएका सामाग्रीहरु बरामद गरी नष्ट गरिएको छ भने आवश्यक प्रक्रिया पुराना नगरेका पसलहरुलाई सचेत गराईएको छ । अनुगमनका क्रममा केही औषधीहरु सहित किराना पसलबाट पेय पदार्थ, दालमोट, मसला, कस्मेटिक सामान लगायतका म्याद सकिएका सामाग्रीहरु भेटिएका छन् ।
अनुगमन टोलीले भण्डारण तथा संचय स्थल, थोक तथा खुद्रा बिक्री स्थल र उपभोग गर्ने स्थल लगायतका ठाउँहरूमा वस्तु सेवा प्रदायक तथा बिक्रेताको व्यवसायिक कारोवारको दर्ता, नवीकरण लगायतका व्यापारिक क्रियाकलापको निरीक्षण गरेको थियो । म्याद सकिएका सामाग्री बजार अनुगमन टोलीको संयुक्त रोहबरमा नष्ट गरिएको छ ।
केही दिन अगाडी मात्रे भोजपुर नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गठन गरेको टोलीले नगर भित्रका बिभिन्न वडमा बजार अनुगमन गर्दे दुई लाख एक हजार पाँच सय ८० रुपैयाँ बराबरको खाद्य, औषधी, पेय पदार्थ, कस्मेटिक सामान लगायत जफत गरी नष्ट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *