काठमाडौं । कुनै समय निकै नै चर्चा र फोटोजेनिक राजमार्गको रुपमा चिनिएको बिपी राजमार्ग अहिले पुरै सुनसान छ ।
शनिबार आएको बाढीले राजमार्ग नै कटान गरेपछि अहिले यहाँ कुनै पनि सवारी चल्न सकेको छैन । जहिल्यै पनि सवारी आवतजावत भइरहने यो राजमार्गमा सन्नटा छाएको छ । यो राजमार्गको निर्माणसंगै सहज अनुभव गरेका स्थानियहरु अहिले त्रासमा बाँचिरहेका छन् ।
आफ्नो दैनिकीलाई निरन्तरता दिनको लागि मानिसहरु बाढीले बनाएको पहरोमा ज्यान हत्केलामा राखेर ओहोरदोहोर गरिरहेका छन् ।
रोशी गाउँपालिका ७ पुग्दासम्म २ ठाउँमा त सडक नै छैन । मानिसहरु भीरमा रहेका ढुंगामा आफ्नो ज्यानको बाजी राखेर आवतजावत गरिरहेका छन् ।