एक लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई एक लाख धरौटी बुझाएर रिहा भएका छन् ।

प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी ती दुईवटा कसुरमा ५०र५० हजार रूपैयाँ धरौटी माग गरेसँगै उक्त रकम बुझाएर उनी रिहा भएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा  जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको हो ।

प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ ।

मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरिएको छ ।

प्रसाईं यहि असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ परेका थिए ।

प्रसाईं रिहा हुने भएपछि उनका समर्थक अदालत परिसरमा जम्मा भएका थिए । उनीहरुले प्रसाईंकाे रिहाइकाे स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *