सहकारी पीडितको रकम फिर्ता गराउन सरकार गम्भीर छः प्रधानमन्त्री ओली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता गराउन सरकार गम्भीर रहेको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले सरकार सहकारी पीडितहरुको रकम फिर्ता गराउन प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाँले सहकारी पीडितको पीडा सरकारले सुन्ने र डुबेको रकम फिर्ता गर्ने बताउनु भयो । उहाँले सहकारीको रकम मनलाग्दी खर्च गरेको पाइएको भन्दै फिर्ता कसरी ल्याउने भन्नेकुरामा सरकार गम्भीर भएर लागेको बताउनु भयो । उहाँले पीडकसँग रकम असुल उपर गर्न सरकार लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहकारी पीडितहरुको पीडा सुन्नुपर्छ, उहाँहरुको डुबेको रकम फिर्ता हुनुपर्छ । तर कहिले कहिले यस्तो भइदिन्छ, कसले त्यतिबेला कसले पैसा लियो, उफ्रि उफ्रि खायो । खाइसकेको त गइसक्यो । त्यसलाई फिर्ता कसरी ल्याउने भन्नेकुरा कोही कोही सहकारीहरुको फिर्ता गराउने स्थिति होला । यस सम्बन्धमा अध्ययन पनि भइरहेको छ । र सहकारी पीडितहरुका समस्यालाई समाधान गर्ने सम्बन्धमा सरकार एकदमै धेरै गम्भीर छ । यो कसरी सही समाधान हुनसक्छ रु त्यसमा गम्भीर छौँ । यसरी पैसा कहाँ—कहाँ पु¥याइसकेको छ । यसरी उडाएर खर्च गरेको छ । कतिसम्म रकम फिर्ता गर्न सकिन्छ, असुल उपर गराउन सकिन्छ रु त्यसमा सरकार लागेको छ । हामीले कानून पनि बनाएका छौँ । कानूनको दायराभित्र रहेर त्यो काम गर्नुपर्छ । यत्तिकै सामाजिक सञ्जालमा बोलिदिनेलाई त सजिलो होला । सरकारलाई सजिलो हुँदैन यस्ता कुराहरु । सरकार आफू पनि कानूनभित्र बाँधिएर बसेको हुन्छ । कानूनभित्र रहेर काम गर्नेकुरामा प्रतिवद्ध छ ।’

प्रधानमन्त्री ओलीले कानूनको दायराभित्र रहेर सरकारले काम गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *