✍️ ईश्वरदत्त भट्ट
प्रेम शब्द आफैंमा यति सुन्दर र पवित्र छ जसको अर्थ हुन्छ आत्मियता, सामप्यता र अनुराग तर व्यावहारिकतामा भने वर्तमान युवा पीडिको टाउको दुखाई बनेर बसेको छ । सर्वप्रथम त हामिले हाम्रो समाजमा प्रेम के हो भन्ने कुरालाई बुझाउन नसक्नु गल्ती बन्यो । हामीले प्रेमका उदाहरणका रूपमा समाजमा आउने पुस्तालाई लैला मज्नु, मुना मदन र राधाकृष्णका उदाहरण दियौं तर धुव, प्रहृलाद, मिराबाई, कबिर साहेब, गौतम बुद्ध, मन्सुर अलि जस्ता उदाहरण कहिले दिएनौं र दिन सकेनौं । यसले युवा पीडिको मस्तिष्कलाई एउटा कुरामात्र स्वीकार गर्न लगायो कि प्रेमविपरीत लिंगीसँग मात्र हुन्छ, प्रेम महिला पुरुषबीचमात्र हुन्छ । यो विचारले हाम्रो समाजलाई मात्र नभई अब आउने नयाँ युवा पुस्तालाई समेत नराम्रो प्रभाव पार्नेछ । प्रेम केवल दुईविपरीत लिंगीबीचको आकर्षणमात्र हो भन्ने भाष्य निर्माण गर्न हाम्रो समाजले आजभन्दा हजारौं वर्ष पहिले सुरु गरिसकेको थियो ।
बाह्रौं सताब्दिका फारसी अन्जेरी कवि निजामी गञ्जावीले सातौं सताब्दीदेखि चल्दै आएको एउटा प्रेम कहानीलाई आफ्ना पाँच प्रमुख कृतिहरूमध्ये तेस्रो कृतिका रूपमा ‘लैला ओ मजनु’ नामक कृति प्रकाशित गरे । उनको त्यो कृतिको एउटा भनाइ निकै चर्चित छ जसमा उनले भनेका छन्, ‘म त्यो शहर भएर जान्छु, जुन शहरमा लैला बस्छिन् म ती पर्खाललाई चुम्बन गर्छु, जुन पर्खाल छोएर लैला हिँड्छिन् मेरो प्रेम यो शहर र पर्खालप्रति हैन, तिनका लागि हो जो यो शहर र पर्खालमा छिन् यो शहर भएर हिँड्दा उनले मलाई आकर्षित गर्छिन् यी पर्खाललाई चुम्बन गर्दा मेरो मनमा आनन्द आउँछ ।’
युवा पुस्ताको प्रेमलाई मनको आबेग र अल्पमानसिकताको डोरिले डोर्याइरहेको छ । यो पुस्ता नयाँ विचारलाई ग्रहण गर्न हिच्किचाउँछ र आफ्नो मन र भावनाको बहावमा बग्न थालेको छ । प्रेमलाई बुझ्नुभन्दा पनि प्रेमलाई जाँच्नतिर यो पुस्ता दौडिरहेको छ । यसका धेरै कारण छन् जसमध्ये पहिलो कारण एक्लोपन र निराशा हो ।
उनको यो भनाइले एउटा कुरालाई देखाइरहन्छ कि मानिस प्रेममा कसरी पागल हुन्छन र कसरी बर्बाद हुन्छन तर पनि यो कृतिले यति धेरै प्राथमिकता पायो कि अहिले बिसौं सताब्दीसम्म आइपुग्दा लैला र मजनुका नाममा लगभग दुई हजारभन्दा बढी कृति र नाटकहरू प्रकाशित भइसकेका छन् । यो कृतिका मुख्यपात्र मजनुको वास्तविक नाम इब्र अल मुलाव्वाह थियो तर जब उनको सम्बन्ध लैला नामक महिलासँग बढ्यो या भनौ उनी लैलाप्रति आकर्षित भए त्यो बेलादेखि उनको नाम मजनु भनेर बोलाउन थालियो । मजनुको अर्थ अरबी भाषामा पागल केटो भन्ने हुन्छ । जसरी मुलाव्वाह लैलाको प्रेममा मजनु भए त्यसरी नै अहिलेको युवा पुस्ता मजनु बन्दै गएको छ । यसरी युवा पुस्तालाई मजनु बनाउनमा तल्लीन भएका छन् यस्तै कपोकल्पित कथा, कृति, नाटक, फिल्म र लेखहरू । कथा कृतिहरू नितान्त कल्पना, विचार र तार्किकताका संग्रह हुन तर ती कथा कृतिहरूले समाजमा के असर पार्दैछन त्यो कुरालाई पनि लेखकहरूले मध्यनजर गर्न जरुरी छ । कसैले लेखेको खराब कृतिले हजारौं हजार युवा पुस्ताको जीवन बर्बाद पार्न सक्छ तर राम्रो छ भने त्यही लेखले हजारौं पुस्तालाई नयाँ मार्ग निर्दिष्ट गर्न सक्छ ।
लक्ष्मीप्रसाद देवकोटाको नेपालीमा लेखिएको मुना मदन कृति नेपालमा सबभन्दा बढी बिक्री हुने कृतिमध्ये एक हो । देवकोटाले आफ्नो मृत्यु अघि भनेका थिए, ‘म मरेपछि मेरा सबै कृति जलाईदिए पनि मुना मदन चाही नजलाउनु ।’ उक्त कृति महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक कारुणिक खण्डकाव्य हो जसमा देवकोटाले मुना र मदनको प्रेम र बिछोडको कहानी लेखेका छन् । उक्त कृतिले जुन सन्देश दिएको छ त्यो लैला ओ मजनुभन्दा निकै भिन्न छ तर समाजले व्याख्या गर्दा त्यसलाई पनि महिला र पुरुषबीचको प्रेमको रुपमा व्याख्या गर्छ जबकि मुना मदनले त्यतिबेलाको सामाजिक परिवेश, युवाहरूको बेरोजगारीको समस्या, समाजमा साहु महाजनहरूको हैकम र वैदेशिक रोजगारको अवस्थालाई दर्शाएको छ तर समाजले त्यसलाई पनि महिला पुरुषको प्रेमको रूपमा व्याख्या गरेर युवा पुस्ताको मस्तिष्कलाई नराम्रो संग प्रभावित पारेको छ ।
त्यस्तै अर्को उदाहरण हो हृदयचन्द्र प्रधानले लेखेको ‘एक चिहान’ । यो उपन्यासमा धेरै कुरा सामाजिक परिवेशका छन् । तर। यसले युवा पुस्ताको मानसिकता यसरी खल्बल्याइ दिन्छ त्यो कुराको पहिलो उदाहरण म आफैं हो । कक्षा ११ मा हामीलाई यो उपन्यास पढाइन्थ्यो । मैले कक्षा ११ सम्म कुनै उपन्यास पढेको थिएन तर जब मैले यो उपन्यास पढे त्यसपछि मेरो मानसिकतालाई उपन्यास पढाउन तिर आकर्षित गर्यो जब यी उपन्यासहरू पढ्न थाले यी उपन्यासहरूमा एउटै कुरालाई प्रमाणित गर्न खोजिएको हुन्थ्यो कि एउटा महिला र पुरुषका बीचमा प्रेम कसरी हुन्छ यो बाहेक अरू कुरा त सन्दर्भले मात्र ल्याउथ्यो तर त्यो सन्दर्भ पनि यही आशक्तिको वरपर घुमीरहेको हुन्थ्यो । त्यस्तै नवलेखक सुविन भट्टराईका ‘सुफि, समर लव र इजोरिया’ पनि यही प्रेम (आशक्ति)को वरिपरि घुमिरहेका छन् । लेख कृतिहरू नितान्त कल्पना र विचारका संग्रह हुन तर यी कृतिहरूले समाजमा या भनौं जीवन नै के हो भनेर नबुझी सकेका युवा पुस्ताको मानसिकतामा के प्रभाव पार्दैछन् त्यो कुरामा लेखकरूले ध्यान दिन जरुरी छ । त्यस्तै फिल्म निर्देशकहरूले पनि फिल्म निर्माण गर्दा त्यसमा प्रयोग गर्ने कथा र सन्दर्भ पनि कस्ता छन् र के सन्देश दिँदै छन् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।
लेख, कृति, कथा, नाटक र फिल्महरू नितान्त कल्पना विचार र तार्किकताका संग्रह हुन् तर यिनीहरूले समाजमा कस्तो प्रभाव पारिरहेका छन् र युवा पुस्तालाई कुन बाटोमा डोर्याइरहेका छन् भन्ने कुरामा रचयिता, लेखक र निर्देशकहरूले ध्यान दिन जरुरी छ । युवालाई ज्ञान भक्ति र मोक्षको पाठ पढाउनुपर्नेछ जसले उनीहरूको सोच्ने क्षमतालाई फराकिलो बनाउनेछ र त्यसबाट डिप्रेसन जस्ता गम्भीर रोगहरूको शिकार बन्नबाट जोगिनेछन् ।
यो समाजले धार्मिक कथा र धार्मिक कुरामा पनि यस्तै प्रेमका सन्दर्भ र कथाहरू खोज्ने प्रयास गर्छ त्यसको प्रमुख उदाहरण हो राधा र कृष्णको कहानी । प्रचलित श्रीकृष्णको कहानीमा राधाको प्रसंग आउँछ तर समाजले त्यो प्रसंगलाई यती महत्व दिएको छ कि अब राधाकृष्णमात्रै कहानी हो अरू केही हैन कृष्णको जीवनमा राधाबाहेक केही थिएन राधा नै सबै थोक थिइन राधा बिना त कृष्ण नै अधुरा थिए भन्ने बेतुकका तर्कहरू दिएर अहिलेको युवा पुस्तालाई प्रेम गर्नुपर्छ राधाकृष्ण जस्तै भन्ने कुरा सिकाउनमा लागि रहेको हुन्छ । यसले समाजमा युवा पुस्तालाई उदाहरण दिन सहज बनाइदिन्छ जबकी प्रसंग केही मेल खाँदैन तर पनि प्रेमको उदाहरण भनेर राधाकृष्ण भन्दिन्छन अनि युवा पुस्तालाई लाग्छ हाम्रा भगवान श्रीकृष्णले त प्रेम गर्थे भने हामिहरू किन नगर्ने प्रेम गर्नु नगर्नु फरक कुरा हो तर महिला र पुरुषबीच मात्र प्रेम हुन्छ र यसलाई मात्र प्राथमिकता दिइनुपर्छ भन्नू गलत कुरा हो ।
अहिलेको युवा पुस्तामा प्रचलित प्रेमलाई प्रेमभन्दा पनि आशक्तिको नाम दिन सकिन्छ । यो एक प्रकारको नशा हो जसले युवाहरूलाई नाशको बाटो निर्देश गर्दैछ । यो नशाको सेवन अहिलेको हजारौं युवाहरूले गरेका छन र हजारौं युवाहरूले यही नशाको कारण आफ्नो अस्तित्व समाप्त गरेका छन् । यो युवा पुस्ताको प्रेमलाई मनको आबेग र अल्पमानसिकताको डोरिले डोर्याइरहेको छ । यो पुस्ता नयाँ विचारहरूलाई ग्रहण गर्न हिच्किचाउछ र आफ्नो मन र भावनाको बहावमा बग्न थालेको छ । प्रेमलाई बुझ्नुभन्दा पनि प्रेमलाई जाँच्नतिर यो पुस्ता दौडिरहेको छ यसको पनि धेरै कारण छन् जसमध्ये पहिलो कारण एक्लोपन र निराशा हो । एक्लोपन र निराशा कै कारण युवा प्रेम रुपी नशाको सेवन गरिरहेका छन् । यो एक्लोपन र निराशाबाट युवालाई बाहिर निकाल्न धार्मिकता, सामाजिकता, आध्यात्मिकता जस्ता क्षेत्रहरूको बारेमा युवाहरूलाई सचेत गराउन जरुरी छ । युवाहरूलाई ज्ञान भक्ति र मोक्षको पाठ पढाउनुपर्नेछ जसले उनीहरूको सोच्ने क्षमतालाई फराकिलो बनाउने छ र त्यसबाट डिप्रेसन जस्ता गम्भीर रोगहरूको शिकार बन्नबाट जोगिनेछन ।
लेख, कृति, कथा, नाटक र फिल्म नितान्त कल्पना विचार र तार्किकताका संग्रह हुन् तर यिनीहरूले समाजमा कस्तो प्रभाव पारिरहेका छन् र युवा पुस्तालाई कुन बाटोमा डोर्याइरहेका छन् भन्ने कुरामा रचयिता, लेखक र निर्देशकले ध्यान दिन जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच