महोत्तरी । मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच