जुम्ला । जुम्लाबाट यो आर्थिक वर्षमा ५ हजार ८६२ मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ ।
सो स्याउबाट जिल्लामा ३८ करोड १० लाख आम्दानी भएको कृषि विकास कार्यालय जुम्लाका कृषि प्रसारण अधिकृत सेर बहादुर भण्डारीले जानकारी दिनुभयो ।
साउनदेखी असोज ८ गतेसम्मको यो तथ्यांक हो । कृषि प्रसारण अधिकृत भण्डारीले भन्नुभयो,“ ढुवानीबाट ५ हजार ५५० मेट्रिक टन, हवाई जहाँजबाट २४ मेट्रिक टन, जुम्लादेखी काठमाडौं बसबाट ३० टन,हाईस र जिपबाट २५८ मेट्रिक टन स्याउ जिल्लाबाट निर्यात भएको छ ।
यो आवमा अनुमानित जिल्लामा १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने वार्षिक लक्ष्य कार्यालयले राखेको छ । ” जिल्लाका आठवटै स्थानीय तहको उत्पादन भएको स्याउ बाहिरी जिल्लामा गएको स्याउको सही तथ्यांक संकलन गर्नेका लागि जुम्ला र कालिकोट जिल्लाको सिमानामा रहेको नाग्म प्रहरी चौकीलाई रेकड् राख्न लगाएको छ । अझै केही स्याउ किसानको बगैंचामै छ । कार्तिक महिनाको अन्तिम सातासम्म जिल्लको कुल स्याउ उत्पादन र निर्यातको तथ्यांक आउने कृषि प्रसारण अधिकृत भण्डारीको भनाइ छ ।
कार्यालयको तथ्यांक अनुसार जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउ खेतीहुने गरेको छ । जसमा दुई हजार आठ सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादनहुने गरेको छ । यहाँका आठवटै स्थानीय तहका झण्डै १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो ।
अहिले जुम्लाको स्याउको सुर्खेत,नेपालगंज, बुटवाल, धनगडी, काठमाडौ र कोलपुर बजारका चोकचोकमा स्याउले बजार लिएको छ । जुम्लाबाट एकसय क्विन्टल स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु एक सय ६० मा विक्रि गरेको जुम्लाको तिला गाउँपालिका स्याउ व्यापारी गोर्ख बहादुर बस्नेतले बताउनुभयो । तराईका बजारमा जुम्लाको स्याउको माग अत्यधिक रहेको छ । यहाँका स्थानीय स्याउ व्यापारीदेखी बाहिरी जिल्लाबाट आएका व्यापारीले तराईका जिल्लासम्म विक्रि गर्न लिएपछि जुम्लाको स्याउले बजार लिएको तिलाका स्याउ व्यापारी बस्नेतको भनाइ छ ।
स्याउ बगैंचामा पुगेर व्यापारीले प्रतिकेजीको ६५ रुपैयाँमा स्याउ खरिद गरेको यहाँका स्याउ किसान बताउँछन् । जिल्लामा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेतीहुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच