सिन्धुपाल्चाेक । असाेज १२ को अविरल वर्षाले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेकाे तातोपानी नाका तुइनले जोडिएको छ । शनिबारको भोटेकोसी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुइन राखिएको हो ।
भोटेकोशी गाउँपालिका-२ , लार्चामा रहेको बेलिब्रिज बगाएपछि सिमाक्षेत्र लिपिङका स्थानिय सडक सम्पर्क विहीन भएका थिए । पुल बगेपछि ठप्प बनेको तातोपानी नाकालाई लार्चामा तुइन बनेपछि स्थानियले आवातजावत गर्न पाएका छन् । तुइन असुरक्षित हुने र सडक समेत सञ्चालन गर्नुपर्ने भएकोले सो स्थानमा फड्के बनाउने तयारीसमेत भइरहेको छ ।
सडक डिभिजन कार्यालयको १ वटा र भोटेकोसी गाउँपालिकाको १ गरि २ वटा स्काभेटर र टिपर प्रयोग गरि ह्युम पाइप राखेर सडक बनाउने गरि धमाधम काम भइरहेको भोटेकोशी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठले बताउनु भयाे ।
'खोला घटीसकेको छैन ।' वडाध्यक्ष श्रेष्ठले भन्नुभयाे 'त्यसैले जोखिमै भएपनि स्थानियलाई आउजाउका लागि तत्काल तुईन हालिएको हो ।' दुई दिनसम्ममा फड्के समेत हालिसकिने योजना रहेको उहाँले बताउनु भयाे ।
लिपिङ खोलाले लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुलमा समेत क्षति पुर्याएको छ भने अरनिको राजमार्गमासमेत क्षति छ । सो पुल तथा सडक मर्मत समेत सुरुवात गरिएको छ ।
तातोपानी नाका अवरुद्ध हुँदा दशैंका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भूभागमा अलपत्र परेका छन् । उता चीनतर्फ पनि सडक अवरुद्ध भएकाले सामान ल्याउन समय लाग्ने भएपछि व्यवसायी झन् मारमा परेका छन् । नेपालतर्फका सामान भने तुइनबाट तारेर भएपनि भन्सारसम्म ल्याउने व्यवसायीले जनाएका छन् ।
-विजय नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच