काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को अक्सनमा कुल १४२ खेलाडी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले असोज २० मा हुने अक्सनमा राखिने खेलाडीको सूची तयार गरेको हो । असोज ५ देखि १२ सम्म राखिएको दर्ता मितिमा कुल ४२६ खेलाडीले नाम दिएका थिए । क्यानले सर्ट लिस्ट गर्दै १४२ पु¥याएको हो । ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ मा ३५ र ग्रेड ‘सी’ मा ७७ खेलाडी छन् ।
ग्रेड ‘ए’ का खेलाडीको न्यूनतम मूल्य १० र उच्चतम १५ लाख राखिएको छ । उच्चतम मूल्यपछि चिठ्ठा थुतिनेछ । शरद भेषवाकरले ग्रेड ‘ए’ मा नाम दर्ता गराउनुभएको छ । वर्तमान नेपाली टोलीबाट खेलिराखेका खेलाडीले ‘ए’ ग्रेडमा नाम राखेका छन् । ग्रेड ‘बी’ मा न्यूनतम मूल्य पाँच लाख र उच्चतम १० लाख राखिएको छ । उच्चतम मूल्यपछि चिठ्ठा थुतिनेछ । ग्रेड ‘सी’ मा न्यूनतम मूल्य दुई लाख र उच्चतम पाँच लाख राखिएको छ ।
एनपिएलमा काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आठ फ्रेन्चाइज टोली छन् । एनपिएल मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुँदैछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच