काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यू-१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ । एनसिसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिनुभयो ।
एन्फा उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरू चाँडै नेपाल आउने बताउनुभयो । सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।
शनिबार इन्द्रसरोवर गाउँपालिका-३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको हो । घटनामा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र साइमन योञ्जन रहेका छन् । यसैगरी काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मीको निधन भएको हो ।
एनसिसी मलेसियाले देशमा विपद् पर्दा आफूहरू कर्मभूमिभन्दा बाहिर भए पनि सहयोग गर्नु कर्तव्य रहेको भन्दै युवा खेलाडीहरूको निधनले अत्यन्त दुखित भएकाले सहयोग गर्न लागिएको बताउनुभयो । अहिले पनि एन्फा उपाध्यक्ष लामासँग समन्वय भइरहेको जानकारी दिँदै एनसिसी मलेसियाका कोषाध्यक्ष लिम्बूले आउँदा दिनमा पनि आफूहरू नेपाली खेलकुदलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच